म मास्क प्रयोगको पक्षमा छु - ट्रम्प | Khabarhub Khabarhub

म मास्क प्रयोगको पक्षमा छु – ट्रम्प


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मास्कको प्रयोगलाई लिएर चर्को आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर गइरहदा पनि मास्कको प्रयोग नगर्ने बताउँदै आएका ट्रम्पले आफू पनि मास्क प्रयोगकको पक्षमा नै रहेको बताएका हुन् ।

एक शीर्ष रिपब्लिकनले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले अति भिड भएको स्थानमा आफूले पनि मास्क लगाउने बताएका हुन् ।

‘म जहिले पनि मास्कको पक्षमा छु । यदी म मानिसहरुको भिड हुने स्थानमा पुगे भने मास्क लगाउने छु,’ ट्रम्पले भने ।

आफूले यसअघि पनि एकपटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले बुधबारको अन्तर्वार्तामा सार्वजनिक रुपमा मास्क लगाउन आफूलाई कुनै समस्या नरहेको र मास्क लगाउने आफू राम्रो देखिने पनि बताए ।

अमेरिकामा संक्रमणले तीव्र रुप लिइसक्दासमेत ट्रम्प विज्ञहरुको सुझावसमेत नमानिरहँदा उनको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ०६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्