विश्वको सबैभन्दा महँगो काठ : किलो कै १२ लाख ! | Khabarhub Khabarhub

विश्वको सबैभन्दा महँगो काठ : किलो कै १२ लाख !


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केहि रुखका काठ अविश्वसनीय रूपमा महँगो हुने गर्दछन् । केहि दुर्लभ भएका कारणले पनि महँगो हुन्छन् । आम काठभन्दा चन्दनको काठ महँगो मानिन्छ ।

चन्दनको काठको मुल्य प्रतिकेजी १० हजार आसपासको मुल्य पर्दछ । तर सायद तपाईलाई थाहा नहोला, चन्दनको काठभन्दा पनि महँगो काठ हुने गर्दछ ।

यो काठ मुल्य यति धेरै छ कि यसलाई किन्नुअघि ठुला ठु्ला धनाढ्यले समेत एक पटक सोच्नु पर्दछ ।

विश्वको सबैभन्दा महँगो काठको उपाधी पाएको यो काठ हो, अफ्रीकी ब्ल्याकउड । यसलाई पृथ्वीमा रहेको सबैभन्दा महँगो सामग्री मध्ये एक मानिन्छ । एक किलोग्रामको यस काठको मुल्य आठ हजार पाउण्ड अर्थात करिब १२ लाख रुपैयाँ पर्दछ । जबकि यति रकममा एक सामान्य घर, सस्तो जग्गा समेत आउन सक्छ ।

अफ्रिकी ब्ल्याकउडको रुख अरु रुखको तुलनामा अत्यन्त कम र दुर्लभ छ । यो रुखको उचाई २५ देखि ४० फिटसम्म हुने गर्दछ । यो मध्य र दक्षिणी अफ्रिकाको २६ देशमा मात्र पाइन्छ । यो केवल सुख्खा स्थानमा मात्र हुने गर्दछ ।

मुख्यतः अफ्रिकी ब्ल्याकउड शहनाई, बाँसुरी र गिटार जस्ता संगीत वाद्ययन्त्र बनाउन उपयोग गरिन्छ । यस अलावा बलियो हुने भएकाले ब्ल्याकउड फर्निचर बनाइन्छ । तर टिकाउ हुने भएकाले यसको फर्निचर करौडौंमा बिक्री हुन्छन् । साथै यो रुख उपयोग योग्य काठ हुन लगभग ६० बर्ष लाग्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ०५ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको