झन पेचिलो बन्दै नेकपा स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

झन पेचिलो बन्दै नेकपा स्थायी कमिटी बैठक


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि हुँदैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा सरकारको कामकारबाही, एमसीसी, कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदमलगातका विषयमा छलफल हुने बताइएको छ ।

नेकपाले बैठकमा छलफलका लागि मुख्य ७ बुँदे एजेण्डा तय गरिएको भए पनि शीर्ष नेताहरूसहित स्थायी कमिटीका अधिकांश सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठक पेचिलो बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ नक्सा जारीगरे सँगै भारतसँग मिलेर आफ्नै पार्टीका नेताहरूले सरकार ढाल्न खोजेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र ओलीमाथि असन्तुष्टि चुलिएको हो ।

ओली इतरका नेताहरूले भारतसँग मिलेर सत्ताबाट हटाउन खोजेको प्रमाण भए कारबाही गर्न, अन्यथा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिएर बाटो खुला गर्न माग गरेका छन् ।

मंगलबारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौमत लगायतका शीर्ष नेताहरूले प्रधानमन्त्रीको राजनीमा मागेका थिए ।

शीर्ष नेताहरूले राजीनामाको मागेपछि प्रधानमन्त्री ओलीले बुधबार बिहान केही मन्त्री र आफू निकटका नेताहरूलाई बोलाएर बालुवाटार परामर्श गरेका थिए । परामर्शमा सहभागी अधिकंशले जस्तोसुकै परिस्थिति आए पनि नेतृत्व नछाड्न तर छलफलबाट सहमति गरेर अघि बढ्न ओलीलाई सुझाब दिएका थिए ।

दाहाल–नेपाल छुट्टै भेला

बुधबार एक घण्टामा स्थायी कमिटी बैठक स्थगित भएपछि साँझ कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ललितपुरको झम्सिखेलस्थित एक होटेलमा छुट्टै भेला भएको थियो ।

भेलाले प्रधानमन्त्रीविरुद्ध एकजुट भएर अघि बढ्ने निष्कर्ष समेत निकालेको छ । विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष निकालेको एक नेताले खबरहबलाई बताए ।

झम्सिखेल भेलामामा सहभागी अधिकांशले प्रधानमन्त्री ओली संस्थागत भन्दा व्यक्तिगत स्वार्थको आधारमा अघि बढेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजनीनामा दिनुपर्ने धारणा राखेको जनाइको छ ।

केही सहभागीले भने सहमतिमा जोड दिएका थिए ।  दुवैतर्फ आआफ्ना भेला भएपछि आजको बैठक झन पेचिलो बन्न सक्ने पनि केही सदस्यहरूको भनाइ छ । बैठक अघि शीर्ष नेताहरूबीच कुनै सहमति नभए राजीनामाको माग झन् चर्किने एक सदस्यले बताए ।

बादलले पनि छाडे ओलीको साथ

गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाल बादलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् ।

गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालको भेलामा सहभागी भएका थिएनन् ।

बुधबार भने झम्सिखेलमा भएको थापा सहभागी भएका थिए । उक्त भेलामा ३० जनाभन्दा बढी स्थायी समिति सदस्य सहभागी भएको नेता भीम रावलले जानकारी दिए ।

यसअघि वैशाख १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग हुँदा थापाले त्यसको विरोध गरेका थिए । दल विभाजनका लागि प्रक्रिया खुकुलो बनाउने अध्यादेश ल्याउँदा समेत उनले प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए ।

यो पनि पढौं

ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय

जस्तोसुकै परिस्थिति आएपनि नेतृत्व नछाड्न ओली निकट नेताहरुको सुझाब

अध्यक्ष ‘प्रचण्ड’ लगायत शीर्ष नेताले मागे प्रधानमन्त्रीको राजीनामा

स्थायी कमिटीमा प्रधानमन्त्रीलाई प्रश्न- भारतले हटाउन खोज्यो भनेको के हो ?

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ९ : ३८ बजे

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको