६१ जिल्लामा देखियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? | Khabarhub Khabarhub

६१ जिल्लामा देखियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा कुन जिल्मा कति संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतालमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै रौतहटका रहेका छन्। त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका ५ र पर्वतका ५ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १७ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेतमा भएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेतका १७ जना, दैलेखका ९ जना, सल्यानका १८ र अछामका १० जनामा संक्रमण पुष्टि भएको छ।

मकवानपुर प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जनामा संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्युठानका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका ८ र कैलालीका १० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्य कर्मीसमेत छन्।

टेकुमा भएको परीक्षणमा संक्रमण पुष्टि भएका मध्ये प्रदेश २ को धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१ र सिराहाका सिराहा १७ जना रहेका छन्।

त्यस्तै, भक्तपुरका १, धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धादिङकी महिला परोपकार प्रसुती अस्पतालमा उपचाररत छन्।

यसैगरी, कपिलवस्तुका १६ जना, नवलपरासी पश्चिममा १ र नवलपरासी पूर्वका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। रुपन्देहीको सैनामैनाका १० जनामा पनि संक्रमण पुष्टि हुँदा नुवाकोटका २ जनामा पनि संक्रमित भएका छन्।

कुन प्रदेशमा कति जना कोरोना संक्रमित आइसोलेसनमा ?

कोरोना भाइरसको संक्रमण देखिएर मंगलबार देशका विभिन्‍न अस्पतालमा एक हजार ८२५ जना उपचाररत रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार देशका विभिन्न अस्पतालका एक हजार ८ सय २५ जना उपचाररत हरेका बताए ।

सातै प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा एक हजार ८२५ जना उपचारत छन् ।

जसमा प्रदेश १ मा १२० जना, प्रदेश २ मा ७११ जना, बागमती प्रदेशमा २२ जना कोरोना संक्रमण देखिएर विभिन्‍न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालका अनुसार गण्डकी प्रदेशमा ३४ जना, प्रदेश ५ मा ६६२ जना, कर्णाली प्रदेशमा २५१ जना र सुदूरपश्चिम प्रदेशमा ६५ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ६ : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न