नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये  २ सय ७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २ हजार ९९ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ देखिएको छ । उनीहरुमध्ये रौतहटकी ८ वर्षकी बालिकालगायत १३ देखि ६० वर्ष उमेरका व्यक्तिहरु रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये स्याङ्जा चापाँकोटका ५ जना क्वारेन्टाइनमा रहेका १० देखि ४० वर्ष उमेर समुहका बालक तथा पुरुषहरु रहेका छन् । यस्तै फलेबाँस क्वारेन्टाइनमा रहेका ५ जना १९ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी सप्तरीका २० वर्षीय पुरुष हुन् ।

प्रवक्ता देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु बर्दिया गुलरियाका ३ जना २० देखि ३४ वर्षका पुरुष, बाँके खजुरा नगरपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका १७ जना रहेका छन् । उनीहरु १७ देखि ४५ वर्षका पुरुषहरु छन् ।

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सुर्खेत वीरेन्द्रनगर, लेकबेशी, पञ्चपुरी र भेरीगंगाका २७ जना ८ वर्षीया बालिकासहित ३ महिला र ४ वर्षका बालक देखि ६१ वर्ष सम्मका पुरुष रहेका छन् ।

दैलेखको नारायणपुरका ९ जना १७ देखि ३१ वर्ष उमेर समुहका व्यक्तिहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी सल्यानका १८ जना १७ देखि ५० वर्ष उमेर समुहका व्यक्तिहरुमा पनि कोरोना पुष्टि भएको छ । यस्तै अछामका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २७ र ३० वर्षका २ जना महिला र २२ देखि ३९ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा एकजनाको पोजेटिभ आएको छ । उनी बाराका एकजना १८ वर्षका पुरुष हुन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १७ जना रहेका छन् । उनीहरु ११ वर्षका बालिका सहित ४५ वर्ष सम्मका ३ जना महिला र १८ देखि ५५ वर्षका पुरुषहरु रहेका छन् । यस्तै प्युठानको स्वर्गद्धारीका ५९ वर्षका पुरुष रहेका छन्।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ ।

उनीहरुमध्ये कञ्चनपुरको पुर्नवासमा क्वारेन्टाइनमा रहेका २८ देखि ५० वर्षका पुरुषहरु ८ जना रहेका छन् । यस्तै कैलालीका १० जना रहेका छन् । उनीहरु १८ वर्षकी एक महिला सहित २० देखि ६३ वर्ष उमेर समुहका पुरुष रेहका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय १८ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषाका ६ जना १५ देखि ५० वर्षका पुरुषहरु, महोत्तरी रामगोपालपुरका २ जना पुरुषहरु, रौतहटका दुर्गा भगवती र राजपुरका गढीमाइमा क्वारेन्टाइनमा रहेका ३६ जना १२ वर्षका बालक देखि ४८ वर्ष उमेर सम्मका छन् ।

यस्तै सर्लाहीको बलरामपुरी क्वारेन्टाइनमा रहेका २१ जना १३ वर्षका बालक देखि ४० वर्ष सम्मका पुरुष, सिराहामा क्वारेन्टाइनमा रहेका १७ जना रहेका छन् । भक्तपुर चाँगुनारायणका एक जना ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धादिङ घर भएकी थापाथलीको प्रसूती तथा स्त्री रोग अस्पतालमा रहेकी २३ वर्षका महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कपिलवस्तुका १६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार काठमाडौंमा काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । उनीहरु सबैजना स्वास्थ्यकर्मी हुन् ।

यस्तै नवलपरासी पुर्वका वुलिङटा गाउँपालिकाका एक जना १६ वर्षका पुरुष, नवलपरासी पश्चिमका रामग्रामका एक जना २२ वर्षका पुरुष, नुवाकोटाका २ जना १७ र ३२ वर्षका पुरुषहरु, रुपन्देही १० जना १५ देखि ५१ वर्षका पुरुषहरु रहेका छन् ।

डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ । कुल ६१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३७५ रहेको छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ८ सय २५ जना रहेको छ ।

२४ घण्टामा ४५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् ।

शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना, भीम अस्पतालबाट २५ जना, कपिलवस्तुका ९ जना, सुनसरीका १ जना र झापाका १७ जना डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेको संख्या २६६ रहेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन