अहिले पार्कमा जानु, मास्क लगाएर दौडनु र ब्यायाम गर्नु कत्तिको खतरनाक छ ? | Khabarhub Khabarhub

अहिले पार्कमा जानु, मास्क लगाएर दौडनु र ब्यायाम गर्नु कत्तिको खतरनाक छ ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसले मानिसको जीवनशैलीमा ठुलो परिवर्तन ल्यायो । पहिले पहिले बिहानउठेर पार्कमा घुम्न जाने हाम्रो दिनचर्याको एक महत्वपुर्ण पाटो हुने गर्दथ्यो ।

तर कोरोनाको महामारी र लकडाउने सबैलाई घरभित्र कैद गर्दा बिहान पार्कमा घुम्ने चाहना सपनामा बदलिएको छ । हुनत अब बिस्तारै लकडाउन खुल्न सक्ला । तर के लकडाउन खुलेपछि बिहानपार्क घुम्न जानु उपयुक्त रहला ? यस बिषयको प्रश्नको जवाफ हामी दिनेछौ ।

१. के यस समयपार्कमा घुम्न जानु उपयुक्त होला?
पार्कमा मर्निङ वाकका लागिहोस् वा घुम्नका लागिजानु अघि यो सुनिश्चित गर्नुहोस् तपाईंको क्षेत्र कोरोना संक्रमणको कतिको जोखिममा छ ? यदितपाई ग्रीन जोनमा हुनुहुन्छ भने पार्कमा जान सकिन्छ । तर त्यहाँ पनि सामाजिक दूरी बनाउन आवश्यक हुन्छ । तथापी यो बेलापार्कमा नजानु नै बुद्धिमानी हुन्छ ।

२. के मास्क लगाएर दौडदा हुन्छ ?
मास्क लगाएर दौडदा स्वास्थ्यकालागि खतरनाक साबित हुन्छ।

मास्क लगाउँदा श्वासमा अक्सिजनको मात्रामा कमि आउन सक्छ जो खतरानाक हुन्छ । चीनमा २६ वर्षीय एक ब्यक्तिमा स्कलगाएर दौडिएकै कारण अस्पताल भर्ना हुनु परेको थियो ।

३. के मास्क लगाएर शारीरिक ब्यायाम गर्नु हानिकारक हुन्छ ?
मास्क लगाएर शारीरिक ब्यायाम गर्नु हानिकारक साबित हुनसक्छ । मास्कले श्वास फेर्नमा बाधा पुर्‍याउने र ब्यायाम गर्दा पर्याप्त अक्सिजन आवश्यक हुने भएकाले यो उपाय गलत साबित हुन्छ ।

तसर्थ यस समयमा घरको खुल्ला क्षेत्र जहाँ पुर्ण सुरक्षित छ त्यस स्थानमा बिनामा ब्यायाम गर्दा हुन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ५६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द