केटीलाई प्रभाव पार्ने केटाका ७ बानी, तपाईंमा कुन कुन छन् ? | Khabarhub Khabarhub

केटीलाई प्रभाव पार्ने केटाका ७ बानी, तपाईंमा कुन कुन छन् ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक युवती चाहन्छन् आफ्नो जीवनसाथीमा स्पेशल गुण होस् । उसको हरेक ब्यवहार अरुभन्दा विशेष होस् ।

हुनत केहि केटाहरुमा यस्तो स्पेशल बानी हुने गर्दछ । जसलाई केटीहरुले साह्रै मन पराउँछन् । आमअवस्थामा केटाहरु केटीलाई आफूप्रति आकर्षित र प्रभावित बनाउन कुनै कसर बाँकी राख्दैनन् । तर केटाहरुमा हुने केहि बानीले भने केटीलाई बिना मेहनत सजिलै प्रभावित पार्दछ । के के हुन् केटीलाई इम्प्रेश पार्ने केटाका बानिहरु ?

१.ईमान्दारिता 
हरेक केटी मानिसको चाहाना हुन्छ, उनको प्रेमी वा जीवनसाथी आफु प्रति ईमान्दारहोस् । आफु बाहेक अरु कोहिसंग नजिस्कियोस् वा अरुप्रति आर्कषित नहोस् । उनीहरुलाई इम्प्रेश गर्न मात्र कोहि केटा ईमान्दार छ भने उसको यो मात्र काफी हुन्छ ।

२. आदर गर्ने
केटीहरुलाई ती केटा साह्रै मन पर्दछ । जसमा सबै ब्यक्तिको सम्मान र आदर गर्ने बानी हुन्छ । केटीहरु यस्ता स्वभाव भएका केटासँग मित्रतागर्न र जीवन शैली बनाउन खोज्दछन्् । किनकी उनीहरुलाई थाहा छ, सबैको सम्मान र आदर गर्ने ब्यक्तिबाट कहिल्यै गलत ब्यवहार हुदैँन ।

३. राम्रो ब्यवहार
केटीहरुलाई ती केटा अत्यन्त मन पर्दछ । जसमा राम्रो ब्यवहार गर्ने बानी हुन्छ । विनम्र स्वभावका केटासँग मित्रता गाँस्न केटीहरु लालायित हुन्छन् । यतिमात्र होइन राम्रो ब्यवहार गर्ने ब्यक्तिलाई सबैले रुचाउँछन् तर नराम्रो ब्यवहार गर्नेबाट पुरा विश्व भाग्ने गर्दछ ।

४. ख्याल राख्ने बानी
केटी मान्छेको मन अत्यन्त कोमल हुन्छ । यस्तोमा उनीहरुको ख्यालमात्र राखिदिने स्वभावको मानिस भेटे यस्तालाई उनीहरु खुबै मन पराउँछन् । जसले उनीहरुको केयर गर्दछ । केटीलाई ती ब्यक्ति जीवनसाथीका रुपमा पाउने चाहाना हुन्छ ।

५. साथ दिने
कतिपय अवस्थामा साना गल्ती वा कारणको सहारामा केहि केटाहरु केटीबाट टाढा हुने गर्दछन् । तर केटी मान्छे आफुलाई हर हमेशा जस्तोसुकै परिस्थितिमा साथदिने ब्यक्तिको खोजीमा हुन्छन् ।

कोहि केटामा यी बानी भेटेमा उनीहरु केटीको नजरमा आफै पर्ने गर्दछन् ।

६. निर्णय लिन सक्ने
लगभग सबै केटी मानिसलाई कुनै पनि योजना बनाउने र त्यसमा निर्णय लिन सक्ने केटाको बानीले प्रभाव पार्दछ । भावानात्मक रुपमा कमजोर वा निर्णय लिन असक्षम केटालाई केटीहरुले मन पराउँदैनन् । तसर्थ आफुमा निर्णय लिने क्षमताको विकास गर्नुहोस् ।

७ आफ्नो कुरा सुन्ने
केटी मानिसमा आफ्नो कुरा सुनाउने बानी स्वभावतः केटाभन्दा बढी हुन्छ । यस्तोमा कुनै केटा उनीहरुको कुरा बिना रोकटोक ध्यानपुर्वक सुनिदिन्छ भने यसले पनि केटी मानिसलाई प्रभावित पार्दछ ।

तसर्थ आफ्नो कृुरा सुनाउनुको सट्टा उनीहरुको कुरा सुन्नमा ध्यान दिनुहोस् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : ५६ बजे

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय