आज राम र हनुमानको भेट भएको ऐतिहासिक दिन, के पूजा गर्ने, के के गर्न मनाही ? | Khabarhub Khabarhub

आज राम र हनुमानको भेट भएको ऐतिहासिक दिन, के पूजा गर्ने, के के गर्न मनाही ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत हनुमान भक्तका लागी हरेक मंगलबारको ठूलो महत्व हुन्छ । तर ज्येष्ठ महिनामा पर्ने ठूलो मंगलबार (बडा मंगल) हरेक भक्तका लागी विशेष रहने गर्दछ । यस दिन हनुमान आफ्ना भक्तको हरेक मनोकामना पुर्ण गर्दछन् ।

धार्मीक मान्यता अनुसार भगवान श्रीरामसँग हनुमानजीको पहिलो भेट ज्येष्ठ महिनाको मंगलबार नै भएको थियो । त्यस यता हरेक दिन मंगलबारलाई हनुमानको प्यारो बारका रुपमा बुझिदै आएको छ भने भेट भएको दिन जेष्ठको मंगलबारलाई हनुमानको अति प्रिय दिन मानिन्छ ।

यस पटक ज्येष्ठ महिनामा ०६, १३, २० र २७ गते गरी चार ठूलो मंगलबार परेको छ । तसर्थ ज्येष्ठका यि मंगलबारका दिन हनुमानजीको उपासना गरेमा मनोवाञ्छित फल पाउने विश्वास गरिन्छ । साथै यी मंगलबारका दिन निम्न काम गर्न बर्जित छ ।

१. हनुमानजीको पूजामा कहिल्यै पनि चरणामृतको प्रयोग गर्नुहुदैन ।
२. हनुमानजीको उपासना गर्ने भक्तले ज्येष्ठका मंगलबारका दिन नुनको सेवन गर्नुहुदैन ।
३. यस दिन कसैले दानमा दिएको मिठाईको समेत सेवन गर्नुहुदैन ।
४. हनुमानको उपासना गर्दा कालो र सेतो वस्त्र पहिरन बर्जित छ । हनुमानलाई प्रसन्न पार्न रातो र पहेलो रंगको वस्त्र पहिरिनु पर्दछ ।
५. हनुमानजीको उपासना गर्ने ब्यक्तिले पूजाको एक दिन अगावैबाट पूजाको भोलिपल्टसम्म ब्रम्हचार्यको पालना गर्नुपर्दछ । अझ ज्येष्ठका मंगलबारका दिन स्त्रीको स्पर्शबाट समेत बच्नु पर्दछ ।
६. ठूलो मंगलबारका दिन चर्किएको वा टुटफुट भएको मुर्तिको उपासना गर्नु हुदैन । साथै च्यातिएको फोटोको समेत आराधना गर्नुहुदैन ।
७. ठूलो मंगलबारका भुलेर पनि माछामासु, अण्डा, मदिरा र धुम्रपानको सेवन गर्नुहुदैन ।
८. यस दिन दिउँसो सुत्नु हुदैन ।
९. यस दिन अनिवार्य तर सम्भवानुसार हनुमान चालिसाको पाठ गर्नु पर्दछ ।
१०. हनुमान चालिसाको पाठ गरेमा मात्र पनि कठिनाई हटेर जानेछ र लाभ प्राप्त हुन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : २८ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा