कर्फ्यूबीच अमेरिकाका ७० शहरमा प्रदर्शन, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

कर्फ्यूबीच अमेरिकाका ७० शहरमा प्रदर्शन, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीको यातनाले एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् ।

प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ ।

सन फ्रान्सिस्कोमा भएको प्रदर्शन, तस्वीर : एपी ।

अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना भइरहेका छन् ।

सिकागो प्रहरी भ्यानमा आगजनी, तस्वीर : एपी ।

उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् ।

वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

लस एन्जल्समा भएको प्रदर्शन, तस्वीर : एपी

गएको सोमबार (मे २५ मा) एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिएका भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा नमानेपछि डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल भइरहेको हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् ।

फाइल तस्वीर ।

‘राज्यहरू हिंसात्मक प्रदर्शन रोक्न असमर्थ भइरहेका हुन् भने नागरिकको जीवन र सम्पत्ति रक्षा गर्न म सेना परिचालन गर्नेछु र हिंसात्मक प्रदर्शनको अन्त्य गर्नेछु,’ ट्रम्पले भने ।

क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘फ्लोइडको मृत्युबाट अमेरिका स्तब्ध छ, यसैका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृत्यु व्यर्थ पनि भएन होला ।’

ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गर्दै शान्तिपूर्ण प्रदर्शनको आह्वान पनि गरेका छन् ।

आफू शान्तिपूर्ण प्रदर्शनको पक्षधर भएको स्मरण गराउदै ट्रम्पले प्रदर्शनका क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको विनाश रोक्ने कुनै पनि कसर बाँकी नराख्ने चेतावनी पनि दिएका छन् ।

अक्सिजन अभावले फ्लोइडको मृत्यु

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेको र अक्सिजन अभावले भएको दावी गरेका हुन् ।

यसअघिकोको परीक्षणमा अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता लागेको थिएन । सरकारी अधिकारीले फ्लोइडको मृत्यु हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य समस्यालाई देखाइरहँदा निजी पोष्टमार्टम रिपोर्टले भने उनको मृत्यु स्वाभाविक नभई हत्या नै भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका