दाङका १० नाकामा सुरक्षाचौकी | Khabarhub Khabarhub

दाङका १० नाकामा सुरक्षाचौकी


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ ।

नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो ।

यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो । हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।

‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उनले भने । न्नुभयो । अब पोष्ट पुगेसँगै नाकाको सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ । अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ । जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ४६ बजे

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको