प्रहरी नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता | Khabarhub Khabarhub

प्रहरी नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले मुलुक नै आक्रान्त भइरहँदा प्रहरी नेतत्वलाई भने हतियारको मोह छाएको छ ।

फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध नभइरहँदा प्रहरी नेतृत्व भने हतियार खरिदमा अग्रसर भएको छ ।

हतियार खरिदका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएसँगै प्रहरी प्रधान कार्यालयले आर्थिक वर्षको अन्तिममा वाटर क्यानन, नौ एमएमको पेस्तोल र सटगन खरिदको तयारी गरेको हो।

भीडमाथि पानीको फोहोरा हान्न वाटर क्यानन किन्न लागेको प्रहरीले अश्रुग्यास र रबरका गोलीसमेत प्रहार गर्ने सटगन किन्न लागत मूल्यांकन सुरु गरेको छ ।

तर प्रहरीका लागि आवश्यक पर्ने अन्य न्यूनतम पूर्वाधारमा खासै ध्यान नदिकन हतियार खरिदमा जोड दिइएको भन्दै सरकारको आलोचना समेत भएको छ ।

पूर्वसुरक्षा अधिकारीहरुले सरकारले परिस्थितीअनुसार प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन् ।

प्रहरी कार्यलयहरुमा अझै पनि शौचालय, खानेपानी तथा अहिलेको महामारिकोबेला मास्क, पञ्जा जस्ता आधारभूत आवश्यकता नै पूरा नभइरहेको बताइरहँदा हतियार खरिदको निर्णय उपयुक्त नभएको भन्दै आलोचना सुरू भएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६