नेपाल बैंकद्वारा सातै प्रदेशका 'कोरोना कोष'मा ५-५ लाख सहयोग | Khabarhub Khabarhub

नेपाल बैंकद्वारा सातै प्रदेशका ‘कोरोना कोष’मा ५-५ लाख सहयोग


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल बैंक लिमिटेडले सातै प्रदेशका कोरोना भाइरस रोकथाम कोषमा ५-५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथ दिन बै‌ंकले सो रकम सहयोगको घोषणा गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुनआउने ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट एक करोड ३५ लाख रुपैयाँ योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०