लकडाउनको अवज्ञा गरेको भन्दै दाङमा एक हजार सवारी साधन कारवाहीमा | Khabarhub Khabarhub

लकडाउनको अवज्ञा गरेको भन्दै दाङमा एक हजार सवारी साधन कारवाहीमा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ ।

दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधवार मात्रै मात्रै दाङमा १७ वटा मोटरसाइकल, चार÷चार वटा जीप, कार र अटो यस्तै ट्रक दुई वटा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार बसम्म ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् ।

यसैगरी अटो २७, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ४ : ०२ बजे

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल