उपत्यकामा ड्रोनबाट लकडाउन निगरानी | Khabarhub Khabarhub

उपत्यकामा ड्रोनबाट लकडाउन निगरानी


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका समयमा मानिसहरुको चहलपहल र आवतजावको निगरानीका लागि काठमाडौंमा ड्रोनको प्रयोग गरिएको छ ।

उपत्यका भित्र लकडाउनका समयमा पनि मानिसहरुको चहलपहल नरोकिएपछि प्रहरीले निगरानीका लागि ड्रोनको प्रयोग गरेको थालेको हो ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्नका लागि भन्दै सरकारले लकडाउन गरेको छ । तर मानिसहरुको चहल पहल र आवतजावत पूर्ण रुपमा रोकिएको भने छैन ।

लकडाउनका समयमा मानिसहरु बाहिर निस्कने र संक्रमणको जोखिम रहने भन्दै प्रहरीले चारवटा ड्रोनका माध्यमबाट उपत्यका विभिन्न १५ स्थानहरूको गतिविधि अनुगमन शुरु गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) उमेश प्रसाद जोशीले विभिन्न स्थानको अनुगमन ड्रोनको प्रयोग गरिएको जानकारी दिए ।

‘कोरोना भाइरस (कोभिड(१९) संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग गरेको छ ’उनले भने,देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको हो ।’

अहिलेको विषम परिस्थितिमा सबै स्थानमा प्रहरी पुग्न नसक्ने भएका कारण ड्रोनको प्रयोग गरिएको उनले जानकारी दिए ।

यसको प्रयोगले मानिसहरुले सामाजिक दूरी कायम गरेका छन् वा छैन र कुन क्षेत्रमा मानिसहरु र सवारीसाधनको उपस्थिति कस्तो छ भन्ने कुराको अनुगमन गर्न फाइदा पुग्ने उनले बताए ।

‘ड्रोनको प्रयोगमार्फत् सर्वसाधारणको भीड युक्त स्थान तथा गाडीको आवतजावत भएको भए त्यसलाई रोक्न सहज हुन्छ ।’ उनले भने ।

कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी चैत्र ११ देखि २५ सम्मका लागि ’लकडाउन’ गर्ने आदेश जारी गरेको छ । तर मानिसहरु भने सडकममा निस्किइरहेका छन् । दैनिक जसो प्रहरीले सयौंका संख्यामा मानिसहरुलाई नियन्त्रणमा लिने गरेको रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।

तस्वीर ; नेपाल प्रहरी

कहाँ कहाँ निगरानी ?

प्रहरीले चारवटा ड्रोनको प्रयोग गरेर १५ स्थानको अनुगमन गरिरहेको जनाएको छ । जसमा मानिसहरुको धेरै उपस्थिती हुने मुख्य चोकहरु रहेका छन् ।

कलंकी, कालीमाटी,बल्खु, थापाथली, त्रिपुरेश्वर, बानेश्वर, गौशाला, चावहिल, चक्रपथ, नयाँ बसपार्क, ग्वार्को, लगनखेल, सातदोवाटो, मैतिदेवी र रत्नपार्कमा ड्रोन परिचालन गरिएको छ ।

ड्रोनको प्रयोग सामाजिक दूरी कायम राख्न समेत फाइदाजनक हुने प्रहरीको विश्वास छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ३ : ३२ बजे

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा