खेलाडी र क्लबका लागि ला लिगाको नयाँ निर्देशिकाः शौचालयदेखि मैदानसम्मका लागि यस्ता छन् नियम | Khabarhub Khabarhub

खेलाडी र क्लबका लागि ला लिगाको नयाँ निर्देशिकाः शौचालयदेखि मैदानसम्मका लागि यस्ता छन् नियम


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व खेलकुद कोरोना भाइरसको चपेटामा रहँदा ला लिगाले आफ्ना क्लबका लागि नयाँ निर्देशिका जारी गरेको छ । कोरोनाको संकटका बीच क्लबले अभ्यास गर्न खोजे नयाँ नियम अनुसार गर्न गराउन निर्देशनसहित ला लिगाले निर्देशीका सार्वजनिक गरेको हो ।

महामारी लगत्तै जारी सिजनका बाँकी खेल शूरु हुने हुँदा त्यसको तयारी तथा खेलाडीको फिटनेसका लागि केही क्लबले अभ्यास थालेका समाचार आइरहँदा ला लिगाले त्यसका लागि नयाँ निर्देशीका बनाएको हो । उक्त निर्देशिका अनुसार ठूलो समूहमा सुरक्षित अभ्यास गर्ने बारे उल्लेख गरिएको छ ।

ला लिगाले खेलाडीका लागि मैदान, उपचार कक्ष, शैचालय, भान्सा, जिम हल र खानाका लागि निर्देशिका बनाएको हो । जसअनुसार अब मैदानमा एक पटकमा दुई जना खेलाडी मात्रै हुनेछन् ।  धेरै जसो ठाउँमा एक वा दुई जनाभन्दा बढी सहभागी नहुन भनिएको छ ।

भान्सा

ला लिगाको निर्देशिकाको सूचीमा अभ्यास मैदानको भान्सामा १ जना भन्दा बढीको उपस्थित हुन नहुने, खानाका परिकार अनुसार फरक फरक भान्से हुनु पर्ने, क्लबमा व्यवसायिक न्यूट्रिशनिस्ट (पोषणविद्) भए उसको निर्देशन अनुसार बनाउनु पर्ने र भान्सा बन्द गरेर बनानु पर्ने लगायत छन् ।

यस्तै, भान्सेलाई भान्सा कोठा खोल्ने, सरसफाइ र बन्द गरे बराबरको उसको खर्च दिनुपर्ने, कम्तिमा खाद्यान्नको सामान २ हप्ताका लागि अगाडि नै जम्मा गर्नु पर्ने जस्ता विषय पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

शैचालय

शैचालय सफा गर्दा एक जनामात्रै जाने । शौचालय डिसइन्फेकटेड (नि:संक्रामक) बनाउन ९६ प्रतिशत अल्कोहल राख्नेुपर्ने जस्ता कुराहरु पनि निर्देशीकामा भनिएको छ ।

उपचार कक्ष

ला लिगाको नयाँ निर्देशीका अनुसार उपचार कक्षमा पहिलो २ हप्ता खेलाडी र फिजियो बीचको दुरी कायम गर्ने, घाइते खेलाडीको मात्रै उपचार गर्ने, उपचारमा संलग्न फिजियोले मास्क र पञ्जा अनिवार्य लगाउनु पर्नेछ । ला लिगाले अभ्यासमा फर्किएको पहिलो एक हप्ता मसाज नगर्न समेत भनेको छ ।

जिम

जिम हल ठूलो भएको अवस्थामा सीमित खेलाडीलाई जिममा गर्न दिइने । एक पटकमा एक वा दुई जना खेलाडीलाई जिम गर्न दिने, समूहमा अभ्यास गर्ने वातावरण बनेपछि मात्रै जीमको प्रयोग गर्न मिल्ने, एक्लो एक्लो अभ्यासमा हुँदा जीम नगर्ने ।

मैदान

व्यक्तिगत अभ्यासका क्रममा एक समयमा मात्रै दुई जना खेलाडीले अभ्यास गर्न पाउनेछन् भने एक जनाले मेदानको छेउमा अभ्यास गर्न सक्नेछन् ।

यो समयमा खेलाडीले तयारी रुटिङ पाउनु पर्नेछ । अभ्यासका लागि मैदान जाँदा सधैं एउटै कारमा जाने र घरमा त्यो परिवर्तन गर्नु पर्नेछ । अब खेल शुरु नभएसम्मका लागि ला लिगाले खेलाडीलाई क्लबको सेवा सुविधामा बस्न आग्रह गरेको छ ।

ला लिगाले खानाका बारेमा एक बुँदामा भनेको छ– एक जना व्यक्तिले बनाएको खाना खेलाडीको जर्सी नम्बर अनुसार झोलामा दिइने छ । उक्त समयमा अन्य व्यक्तिहरुसँग भेट्न पाइने छैन ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १२ : ३६ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न