लकडाउनले गाउँ फर्केका युवकयुवती मेलापातमा | Khabarhub Khabarhub

लकडाउनले गाउँ फर्केका युवकयुवती मेलापातमा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीगण्डकी गाउँपालिका–६ का निशा न्यौपानेको दैनिकी यतिबेला फेरिएको छ ।

बुटवल वाणिज्य क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत न्यौपाने गाउँ फर्किएपछि घरपरिवारमा व्यस्त हुनुभएको छ ।

बुटवल डेरामा बस्दा कलेज समयमा कलेज जाने आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी निशा गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर बित्ने गरेको छ ।

हुन पनि यतिबेला गाउँघरमा मल बोक्ने खेतीपाती लगाउने र पाकिसकेको खेती भित्र्याउने चटारोमा छन् ।

किसान यही चटारोको मेसोमा गाउँ आएकी निशाले घरपरिवारसँगै खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताइन् ।

अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाटका लागि गाउँ डुल्ने गरेकी उनी यतिबेला भने परिवारमै सीमित रहेको बताउँछिन्उ ।

निशा भन्छिन् “अरु बेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तहरुसँग भेटघाट गर्ने गरिन्थ्यो यसपालि कोरोना भाइरको सङ्क्रमणको त्रासले घरमै बस्ने र घरपरिवारसँगै घरको काम गरेर दिन बिताउने गरेकी छु ।”

निशा मात्रै होइन, कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि लकडाउन लागू भएपछि गाउँ फर्किएका धेरै युवायुवती यतिबेला यो समयलाई आफूले जानेको काम गरेर सदुपयोग गरिरहेका छन् । उनीहरुको दैनिकी यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको छ ।

वालिङ बजारमा मोबाइल पसल गर्दै आउनुभएका मोबाइल सेन्टरका केशव पराजुली यतिबेला वालिङ नगरपालिका १२ चौतारस्थित आफ्नै घरमा घाँस काट्नका लागि प्रयोग गरिने डोको, मल बोक्न प्रयोग हुने थुन्से बुन्न व्यस्त देखिनुहुन्छ । बिहान उठेदेखि साँझसम्म उनको दैनिकी बाँसघारीमा गएर बाँस काटेर घरमा ल्याउने डोको र थुन्सेका लागि आवश्यक चोया तयार पारेपछि बुन्ने काम गरेरै बित्ने गरेको छ ।

पेशाले मोबाइल व्यापारी रहेका पराजुली फुर्सदको समयमा यत्तिकै बस्नुभन्दा आफूले जानेको सीप प्रयोग गर्दा समय बिताउन पनि सजिलो हुने र गाउँघरमा काम लाग्ने भएकाले व्यापार व्यावसाय बन्द भएपछि गाउँमा आएर डोका, थुन्से सुपोलगायतका बाँसबाट बनाउन सकिने सामग्री बनाएको बताए । पराजुलीले भने  “आफूले जानेको काम गर्न लाज मान्नु पर्दैन गाउँघरमा हराउँदै गएको यो पेशालाई जोगाउन पनि मैले यो काम गरेको हुँ लकडाउन भरको अवधि डोका, थुन्से बुनेर खाली समया बिताउने योजना बनाएको छु ।”

मिर्मी बहुमुखी क्यापम्समा बीबीएस चौथो वर्षमा अध्ययनरत विन्दू भट्टराई पनि विश्वमा कोरोना सङ्क्रमणको महामारी फैलिएपछि सरकारको लकडाउनको घोषणासँगै कलेज बन्द भएपछि घरपरिवारसँगै घेतबारीमा काम गरेर बिदाको समयको सदुपयोग गरेको बताउछिन् ।

भट्टराईले भनिन्न्नु “अहिले गाउँघरमा खेती लगाउने समय भएकाले यही काममा ब्यस्त रहेकी छु ।” परिवारसँगै काम गर्दा रमाइलो पनि हुने घरको काममा सहयोग पनि पुग्ने भएकाले परिवारसँगै काम गर्ने गरेको उनी बताउछिन् ।

छरछिमेमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले सकेको काम गरेर यो समयको सदुपयोग गर्न सुझाउने गरेको विन्दुको भनाइ छ ।

पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री लकडाउनको समयमा गाउँघरमा आएका युवायुवतीले गाउँघरमा आफूले जानेको सीपलाई प्रयोग गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको देख्दा खुशी लागेको बताइन् । क्षेत्रीले भनिन् “सङ्क्रमणको त्राससँगै सरकारले लकडाउनको घोषणा गरेपछि गाउँघरमा आएका युवायुवती शुरुशुरुमा अन्योलमा परे पनि अहिले कोही डोका बुन्ने खेतबारीमा काम गर्नुका साथै तरकारी लगाउन थालेका छन् यसले युवा जमातमा एक खालको सकरात्मक वातावरण पनि निर्माण गरेको पाएको छु ।”

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १२ : ०० बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते