लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि | Khabarhub Khabarhub

लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ आजभोलि फिल्ममा सँगै काम गरिरहेका हुन्छन् । फिल्ममा अफर आउँदा दुवैको भूमिका हुनुपर्ने उनीहरुको शर्त हुन्छ भन्ने गरेको पनि सुनिन्छ ।

पछिल्लो केही समययता यी दुई लिभिङ टुगेदरमा छन् । सरकारले लकडाउन गरिरहेका बेला सृष्टिले एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सौगात पनि थिए । दर्शकले त्यतिबेला नै यी दुई साथै भएको अड्कल काटेका थिए ।

अर्को वर्षसम्म यी दुईले बिहे गर्ने फिल्म वृत्तमा चर्चा चल्ने गर्छ ।

यतिबेला भने नेपालमा लकडाउन गरिएकाले कलाकारहरु फुर्सदमा छन् । त्यसो त विश्व नै लकडाउनको मारमा छ । नेपाली सेलिब्रेटी पनि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्दा कतिले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेका छन् ।

यता सृष्टि र सौगात भने मायामा हराएका छन् । नायिका सृष्टि श्रेष्ठले सौगात मल्लसँगको एक तस्वीर शेयर गरेकी छिन् । उनले तस्वीरको क्याप्सनमा लेखेकी छिन् – लभ लकडाउन ।

इन्स्टाग्राममा सृष्टिले शेयर गरेको उक्त तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन् – सुहाएको जोडी दाजु भाउजू ।

सौगात र सृष्टि लामो समय प्रेममा रहे पनि केही वर्षयता मात्र यी दुईले आफ्नो प्रेमबारे सार्वजनिक गरेका थिए । पछिल्लो समय फिल्म क्षेत्र बन्द भएकाले एकले अर्कालाई समय दिन पाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १२ : ०१ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक