स्पेनमा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, एकै दिन ९२३ जनाको मृत्यु | Khabarhub Khabarhub

स्पेनमा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, एकै दिन ९२३ जनाको मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय २३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो तथ्यांकसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ ।

त्यस्तै एकै दिन ८ हजार १ सय ९५ जनामा संक्रमण देखिएसँगै स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको हो ।

संक्रमितमध्य २२ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् । ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७२ हजार ८४ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ५८ बजे

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ