कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ? | Khabarhub Khabarhub

कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका बारेमा तपाईले कैयौं प्रकारका हल्लाहरु सुन्नु भएको होला । तर यी हल्लामा कतिको सत्यता छ यसबारे भने जानकारी नहुनसक्छ । जसका कारण तपाईमा पनि डर वा त्रास हुनसक्छ ।

आज हामी यस्तै केहि हल्लाहरुका बारेमा चर्चा गर्नेछौ जसमा सत्यता छ वा यो झुटो हो ? जान्नुहोस् ।

हल्ला : मास्क लगाएपछि कोरोनाको संक्रमण हुदैन ।

सत्यता : कुनै पनि सर्जिकल मास्कले भाइरल पार्टिकल्सलाई ब्लक गर्न सक्दैन । तर संक्रमित ब्यक्तिबाट वाइरस फैलनबाट रोक्न भने मद्दत गर्दछ । किनकी संक्रमितले खोक्दा, हाच्छ्यु गर्दा वा बोल्का निस्कने छिटाहरुमा भाइरस हुने भएकाले यसलाई मास्कमा रोकेर अरुमा फैलनबाट रोक्न मद्दत गर्छ । तर यो पनि पुर्ण भरपर्दो माध्यम भने होइन ।

हल्ला : साबुनभन्दा स्यानिटाइजर उत्तम हुन्छ ।

सत्यता : साबुनले हात धोएपछि कोरोना भाइरस मर्ने मात्र होइन, त्यहाबाट पखालिएर पनि जान्छ । यस्तोमा दैनिक १५ पटक वा अझ बढि पटक हात धुने गरेमा कोरोनाको संक्रमण हुनबाट बच्न सकिन्छ ।

त्यसैले ह्याण्ड स्यानिटाइजरभन्दा साबुन नै प्रभावकारी र उत्तम विकल्प हो । ह्याण्ड स्यानिटाइरको प्रयोग गर्दा ७० प्रतिशतभन्दा बढि अल्कोहल भएको प्रयोग गर्नुहोला ।

हल्ला : लामखुट्टे वा छिगाँबाट पनि कोरोना सर्दछ ।

सत्यता : अहिलेसम्म लामखुट्टे वा छिगाँबाट कोरोना सर्छ वा सर्दैन भन्ने बिषय प्रमाणित भइसकेको छैन ।

यस्तोमा बिना प्रमाण लामखुट्टे वाछिगाँबाट कोरोना सर्छ भन्नु हल्ला मात्र हुन्छ । तर सकेसम्म लामखुट्टे वा भिगाँबाट बच्नु राम्रो हुन्छ ।

हल्ला : भिटामिन सी खाएमा कोरोना लाग्दैन ।
सत्यता : यो सत्य हो कि भिटामिन सी खादाँ शरीरमा रोग प्रतिरोधक क्षमता बढ्ने गर्दछ । साथै यसले शरीरभित्रका खराब भाइरसहरुलाई मार्ने काम पनि गर्दछ ।

तर विज्ञहरुका अनुसार अहिलेसमम भिटामिन सी खाएकै कारण कोरोनाको संक्रमण निको हुने वा संक्रमण नहुने भन्ने प्रमाणित भएको छैन ।

हल्ला : गौमूत्र खाएमा कोरोनाबाट बच्न सकिन्छ ।

सत्यता : गौमुत्रको सेवनले कोरोना भाइरस नष्ट हुन्छ भन्ने अहिलेसम्म कुनै प्रमाण आएको छैन ।

हल्ला : बेसार, तुलसी र अदुवा मिसाएर स्यानिटाइजर बनाएर लाउँदा कोरोना रोक्न सकिन्छ ।
सत्यता : विश्व स्वास्थ्य संगठनका अनुसार ७० प्रतिशतभन्दा बढि अल्कोहल भएको स्यानिटाइजरले कोरोना भाइरसको संक्रमण रोक्छ सक्छ ।

तर घरमा बेसार, तुलसी र अदुवा मिसाएर बनाएको स्यानिटाइजरले कोरोना रोक्नेमा कुनै प्रमाण भेटिएको छैन । यो हल्ला मात्र हो ।

हल्ला : मासांहार भोजनबाट कोरोना सर्न सक्छ ।
सत्यता : माछामासु वा अण्डा खाएकै भरमा कोरोना लाग्छ भन्ने हुदैन । बरु मांसाहार भोजनाबाट शरीरलाई उल्टै फाइदा पुग्ने गर्दछ । तर माछामासु खादाँ मज्जाले पकाएरमात्र खानु पर्दछ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ३१ बजे

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप