भुजेल हत्या आरोपमा पाँच जनालाई थुनामा राख्न आदेश | Khabarhub Khabarhub

भुजेल हत्या आरोपमा पाँच जनालाई थुनामा राख्न आदेश


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उक्त अदालतले भुजेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भनिने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भापु भनिने सिमोन परियार तथा हेटौँडा–४ का घनटाउके भनिने सुशील थापा मगर र सोनम गोलेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आजको एकल इजलासले उक्त आदेश दिएको हो ।

गत माघ ४ गते बिहान हेटौँडा–५ क्याम्पाडाँडामा भुजेलको शव फेला परेको थियो । भुजेललाई रकम लेनदेनको विवादको कारण आरोपितले तारले घाँटी च्यापेर हत्या गरिएको प्रहरीसँग साविती बयान दिएका थिए ।

यसैगरी जिल्ला अदालतले हेटौँडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई हत्याको आरोपमा रु एक लाख धरौटीमा लिई रिहा गर्न आदेश दिएको थियो ।

पाख्रिनले तत्काल रु एक लाख धरौटी बुझाउन नसकेपछि उनलाई चितवन जिल्ला कारागारमा थुनामा राख्न चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ०० बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर