‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अदालतले दियो अनुमति | Khabarhub Khabarhub

‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अदालतले दियो अनुमति


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धार्मिक आवरणमा ठगी गरेको अभियोगमा ‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

विष्णु प्रपन्‍नाचार्य र बाल योगेश्वर भनेर चिनिने धर्मगुरु विजय भण्डारीलाई ठगी अभियोगमा पक्राउ गर्न अनुमति दिइएको हो ।

चितवनस्थित नारायणी नदीको किनारमा एक महिना लामो महायज्ञ संचालन भइरहेको बेला पक्राउ पूर्जी जारी भएसँगै उनी फरार भएको प्रहरीले जनाएको छ ।गुल्मी स्थायी घर भएका भण्डारी धार्मिक प्रवचक हुन् ।

महायज्ञको मुख्य प्रवचक रहेका भण्डारी फरार भएपछि आयोजकले महायज्ञ स्थगित गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनी विरुद्ध विदेश पठाउने भन्दै ठगी गरेको उजुरी परेको छ ।

‘दुई जना युवालाई ठगी गरेको जाहेरी आएको छ’ – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने ।

विजयले पीडितलाई दिएको १२ लाखको चेक बाउन्स भएको छ । उनी यसअघि पनि ठगी आरोपमा जेल परेका थिए । ०७१ पछि १८ महिना र ०७६ मा १९ दिन जेल बसेर निस्केपछि उनले नाम परिवर्तन गरेर धार्मिक प्रवचन दिन थालेको काठमाडौं प्रहरीले जनाएको छ ।

धार्मिक आवरणमा अमेरिका लगायतका मुलुकमा पठाउने भन्दै उनले ठगी धन्दा नै चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ५० बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस