११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न (प्रस्तावसहित) | Khabarhub Khabarhub

११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न (प्रस्तावसहित)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।

समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।

बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ ।

‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ’, केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘नेपाल र भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्नेपूर्व सहमति विपरित गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ ।’

बैठकले राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै समस्याको समाधान कुटनीतिक एवं राजनीतिक माध्यामबाट गर्न सरकारलाई आह्वान पनि गरेको छ ।बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन बल्खुस्थित आफ्नै जमिनमा बनाउने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ ।

आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ । भवन बनाउनका लागि पार्टीका सम्पूर्ण सदस्यहरुको न्यूनतम एकदिनको तलव वा आम्दानी बराबरको सहयोग गर्न पनि बैठकले अपिल गरेको छ ।

नेकपाले पारित गरेका प्रस्ताव यस्ता छन्–

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : २३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन