पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा | Khabarhub Khabarhub

पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा विभागीय डर्बीमा नेपाल सेनाको आर्मी क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ। जारी लिगमा २३ अंकसहित नेतृत्व गरिरहेको छ । आर्मीलाई १० खेलमा २२ अंक जोडेको मछिन्द्र क्लब पछ्याइ रहेको छ ।

खेलमा पुलिसका लागि १९ औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै टिमलाई सुरुवाती १-० को अग्रता दिलाएका थिए भने ३४ औं मिनेटमा आर्मीका सुमन अर्यालले गोल फर्काउँदै पहिलो हाफ १-१ गोल बराबरी सकिएको थियो ।

तर, दोस्रो हाफमा पुलिसका मानबहादुर परियारले गोल गर्दै आर्मीलाई दबाबमा पार्न सफल भएका थिए । उनले खेलको ५८ औं मिनेटमा नीर कुमार राईको कर्नरमा गोल गरेका थिए ।

पुलिससँग २-१ गोलले पछि रहेको आर्मीका लागि खेलको ७७ औं मिनेटमा विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै टीमलाई २-२ को बराबरी भएको थियो ।

खेल २-२ को बराबरीमा रहँदा आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टीमका लागि उत्कृष्ट गोल गरेका थिए । नवयुगले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् ।

यस्तै खेलको ८९ औं मिनेटमा आर्मीका सुदील राईले टीमका लागि चौथो गोल गरेका थिए ।

यो सँगै नवयुगले जारी लिगमा व्यक्तिगत ६ गोल पूरा गरेका छन् । लिगमा नवयुग र च्यासल युवा क्लबका सन्तोष साहुखल सर्वाधिक गोलकर्ता बनेका छन् ।

दुवै खेलाडीको ६ गोल गरेका छन् ।

पराजित पुलिसको १० खेलमा १४ अंक रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ४२ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको