नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रि भोज | Khabarhub Khabarhub

नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रि भोज


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रि भोज दिइने भएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका लागि आइतबार राति आफ्नो सरकारी निवासमा रात्रि भोज आयोजना गरेका हुन् ।

बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकअन्तर्गत अहिले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ ।

विभिन्न १५ वटा समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् ।

अध्यक्ष ओली तथा प्रचण्डको तर्फबाट प्रस्तुत भएको राजनीतिक प्रतिवेदनसहित पार्टीको समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले प्रस्तुत गरेका धारणा र प्रश्नबारे प्रचण्डले जवाफ दिइरहेका छन् ।

यस्तै, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नबारे भने महासचिव विष्णु पौडोलले जवाफ दिनेछन् ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले जवाफ दिइसकेपछि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पनि बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको जवाफ पछि आइतबार नै केन्द्रीय कमिटी बैठक समापन हुने छ ।

बैठकपछि केन्द्रीय सदस्य र पार्टीका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुका लागि रात्रि भोज दिन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : २८ बजे

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम