कोरोना भाइरसबारे प्रहरीको सचेतना कार्यक्रम | Khabarhub Khabarhub

कोरोना भाइरसबारे प्रहरीको सचेतना कार्यक्रम


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– कोरोना भाइरस संक्रमणको त्रास नेपालमा बढ्दै गएपछि बारामा नेपाल प्रहरीले कोरोना भाइरसको विषयमा जनचेतना मुलक र्‍याली गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराले कोरोना भाईरस बिरुद्ध बृहत जनचेतना मुलक र्‍याली गरेको हो । बाजा, पम्पेल्ट तथा व्यानर सहित गरिएको कोरोना भाइरसको सचेतना र्‍याली भरत चोकबाट बजार परिक्रमा गरी पुन भरतचोक आई कोण सभामा परिणत भएको थियो ।

प्रहरीले गरेको सचेतनामुलक र्‍यालीमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षण विकास राज खनाल, उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्षहरु
तथा नागरिक सामाजका प्रमूखहरु सहमागि थिए ।

सचेतना कार्याक्रममा जिल्लाका महिला संजालका प्रमुख तथा प्रतिनिधीहरु , जिल्ला स्थित रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्काउटका अध्यक्ष तथा नेपाल स्काउटमा आवद्ध विद्यार्थी तथा शिक्षकहरु, सामुदायिक प्रहरीका अध्यक्ष तथा सचिव लगायत जिल्ला स्थित रहेका मनकामना स्कुल, ब्राईट लाईन स्कुलका शिक्षक विद्यार्थीहरु, प्रहरी कर्मचारी लगायत ६०० जनाको सहभागितामा रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०