‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप | Khabarhub Khabarhub

‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाएका हुन् ।

सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै उजुरी दिएका हुन् । उनले गीतको मर्म बिगारेर चोरी भएको र क्रेडिट पनि नदिएको आरोप लगाएका छन् ।

गीतका शब्द चोरीको आरोप लगाउँदै सुदीपले संगीतकार सुरेद अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध उजुरी दिएका छन् ।

संगीतकार सुरेश अधिकारीले यो गीत सुदीपकै भएको स्वीकारे । युट्युबमा अपलोड गरिएको गीतमा यो गीतका शब्द निशान भट्टराईको भनिएको छ । यसलाई अधिकारीले प्राविधिक त्रुटि भएको बताएका छन् ।

यता विराजले भने यो गीत आफूले सुरेश अधिकारीसँग लिएको र उक्त गीतबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले फिल्मका लागि संगीतकार अधिकारीसँग गीतबारे कुरा गरेको बताए ।

गीत चोरीको आरोप लगाउने सुदीपले भने यो गीत कम्पोज गर्न सुरेश अधिकारीलाई ३ वर्षअघि दिएको प्रतिक्रिया दिए ।

विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका रहेको यो फिल्म यही माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : २३ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित