केन्द्रीय कमिटीमा जवाफ दिनुअघि नेकपा सचिवालय बैठक | Khabarhub Khabarhub

केन्द्रीय कमिटीमा जवाफ दिनुअघि नेकपा सचिवालय बैठक


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्दैछन् ।

गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन् ।

४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि आएका निश्कर्षलाई हरेक समूहका नेताले केन्द्रीय कमिटीको बैठकमा शुक्रवार र शनिवार ब्रिफिङ गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरु, विभागीय प्रमुखहरुले पनि बैठकमा विफ्रिङ गरेका थिए ।

टोली नेताहरुले उठाएका प्रश्नहरुको विषयमा आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने छन् भने अर्का अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

अध्यक्ष ओली उद्घाटन यता बैठकमा सहभागी छैनन् ।

बालुवाटारमा सचिवालय बैठक

टोली प्रमुखहरुले समूहगत बैठक पछि उठाएका विषयबारे छलफल गर्न नेकपाको सचिवालय बसिरहेको छ ।

आइतवार दिँउसो अध्यक्षले पार्टी बैठकमा जवाफ दिनुअघि सचिवालयको धारणा बनाउन बैठक बसेको हो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकार बारे उठेका प्रश्नहरुको जवाफ दिने र महासचिवले सांगठनिक र विधान संशोधन बारे पेश गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : २८ बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको