गर्भवती महिलामा यस्तो समस्या भए हुनसक्छ फिस्टुला, कसरी जोगिने ? | Khabarhub Khabarhub

गर्भवती महिलामा यस्तो समस्या भए हुनसक्छ फिस्टुला, कसरी जोगिने ?


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाहरुमा फिस्टुलाको समस्या भएमा योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा चुहिने समस्या हुन्छ ।  सुत्केरी हुँदा प्रसव व्यथा लामो हुँदा बच्चाको टाउको योनीमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुन्छ । जसले गर्दा रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मर्छ र त्यहाँ प्वाल पर्छ ।

त्यस्तो प्वाल पिसाब थैली र योनीमार्गको विचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाव चुहिन्छ । यदी प्वाल योनीमार्ग र दिसा थैलीको विचमा छ भने योनीमार्गबाट दिसा चुहिन्छ । कहिलेकाहीँ यस्तो प्वाल दुवै तर्फ हुन्छ । यस्तो अवस्थामा योनीमार्गबाट दिसा र पिसाब दुवै चुहिने समस्या हुन्छ ।

महिलामा किन हुन्छ फिस्टुला ?

महिलाहरुमा फिस्टुला हुनुको मुख्य कारण सुत्केरी गराउँदा १८ घण्टा भन्दा लामो व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको रहने अवस्था हुनु हो । धेरैजस्तो गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण नगराउने महिलाहरुमा फिस्टुलाको समस्या हुने सम्भावना बढी हुन्छ ।

यसरी हुन्छ उपचार

फिस्टुला निको हुने समस्या हो । फिस्टुलाको उपचार शल्यक्रिया गरेर गरिन्छ । चिकित्सकहरुका अनुसार एक सय जना महिलामा ९५ जना महिलाको फिस्टुलाको समस्या उपचारबाट निको हुने गरेको छ । त्यसैर्ले फिस्टुलाको समस्या भएमा चिकित्ससँग परामर्श लिएर उपचार गर्नुपर्छ ।

फिस्टुला हुन नदिन के गर्ने ?

–कम उमेरमा विवाह नगर्ने,

–कम उमेर बच्चा नजन्माउने,

–बालिका तथा किशोरीलाई सन्तुलित आहार खुवाउने,

–गर्भवती महिलालाई पर्याप्त मात्रामा पोषिलो र सन्तुलित आहार खुवाउने,

– गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउने,

–सुत्केरी व्यथा लागेमा स्वास्थ्य संस्थामा लैजानले,

–दक्ष चिकित्सक वा स्वास्थ्यमर्कीको सहयोगमा बच्चा जन्माउने ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६