नेकपा प्रदेश नम्बर दुई विवाद : धेरै काम गर्दाको परिणाम ! « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

नेकपा प्रदेश नम्बर दुई विवाद : धेरै काम गर्दाको परिणाम !



२०७५ जेष्ठ ३ गते भएको दुई कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण परिघटना हो ।

२०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको रुपमा कार्यगत एकता गरेको दुई पार्टीलाई जनमतले इतिहासकै शक्तिशाली विन्दुमा पुर्याएको यथार्थ हामी सामु छ । त्यसपछि भएको पार्टी एकता र एकताबाट नेताहरुलाई दिइएको जिम्मेवारीको समीक्षा पार्टी, सञ्चारमाध्यम, कार्यकर्ता पङ्क्तिमा आ-आफ्नै ढङ्गबाट भइरहेको छ । आज यस लेखमार्फत पार्टीको प्रदेश नम्बर २ को नेतृत्वको समीक्षा गर्ने प्रयास गरेको गरिएको छ ।

प्रदेश नेतृत्वको जिम्मेवारी तोकिनु अगाडि र त्यसपछिको पार्टीको स्थितिबारे चर्चा गरियो भने मात्र पनि नेतृत्वको सक्षमताको मापन गर्न सकिन्छ । पार्टी एकता हुनुभन्दा अगाडि प्रदेश नम्बर २ को स्थिति निकै असहज थियो ।

संगठनात्मक रुपमा तत्कालीन एमाले शिथिल थियो भने माओवादी त संगठनविहीन स्थितिमा थियो । जुनबेला मधेशमा एमाले पक्षका प्रभावशाली नेता माधवकुमार नेपाल थिए भने माओवादीको बागडोर मातृका यादवको हातमा थियो ।

पार्टी आफैमा विघटित वा भनौ निस्क्रिय अवस्थामा थियो भने जनतामा कम्युनिष्ट पार्टीप्रति घृणाको अवस्था सृजना हँदै गएको थियो । जसका कारण नेताहरु आफ्नै घरमा जान सक्ने स्थिति थिएन् । उदाहरणको रुपमा रौतहट क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रलाई लिन सकिन्छ । रौतहट क्षेत्र नम्बर १ जहाँबाट २०७० सालमा संविधानसभाको निर्वाचनमा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन जित्नुभएको थियो । तर २०७२ सालतिर उहाँ रौतहटमा जान खोज्दा कतै कार्यक्रम बहिष्कारको सामना गर्नुपरेको थियो भने कतिपय कार्यक्रम नै स्थगित गर्नुपर्ने ।

आफूले निर्वाचन जितेको क्षेत्रमा नै निषेधको सामना गर्नुपर्दा यसै क्षेत्रमा जन्मेर हुर्केका एवम् पार्टीका एक प्रभावशाली नेताको नेतृत्वमाथि त प्रश्न उठेको थियो नै साथमा कम्युनिष्ट पार्टी नै मधेशबाट सिधिने हो कि भन्ने डर आम कार्यकर्तामा थियो । यहाँसम्म कि त्यही डरले वरिष्ठ नेता नेपालले २०७४ को निर्वाचनमा आफ्नो जन्मभुमि रौतहटको सट्टा काठमाडौँबाट उम्मेदवारी दिनुपरेको थियो ।

मतपरिणामको कुरा गर्ने हो २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनले मधेशमा कम्युनिस्टको मत बढ्दो छ । जित्ने कल्पनै नगरिएको प्रदेश नम्बर २ मा भएको एक मात्र गाउँपालिकाको निर्वाचनमा नेकपाले जित्नु सबैभन्दा ठूलो सफलता हो

निकै अप्ठ्यारो परिस्थितिका बीच एकीकृत पार्टीको प्रदेश नेतृत्व प्रभु साहको हातमा आएको थियो । मधेशमा लोकप्रिय कम्युनिष्ट नेताको रुपमा रहेका साहले नेतृत्व सम्हालेपछि संगठन सुदृढ मात्र गर्नुभएन्, उहाँले नेताहरुलाई आफ्नो घर फर्किने वातावरण पनि निर्माण गर्नुभयो । आज नेता नेपालसँगै अन्य नेताहरु सहज रुपमा आफ्नो क्षेत्रमा गई कार्यक्रम गर्न र कार्यकर्ता भेट्न सक्ने माहोल बनेको छ । रौतहट क्षेत्र नम्बर १ कुरा गर्ने हो भने अहिले नेता माधव नेपाल प्रति सम्मान बढ्न थालेको छ । यो सबै प्रदेश अध्यक्ष प्रभुको साहको मिहेनतको फल हो ।

त्यस्तै मतपरिणामको कुरा गर्ने हो २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनले मधेशमा कम्युनिस्टको मत बढ्दो छ । जित्ने कल्पनै नगरिएको प्रदेश नम्बर २ मा भएको एक मात्र गाउँपालिकाको निर्वाचनमा नेकपाले जित्नु सबैभन्दा ठूलो सफलता हो । भारतीय सिमाना क्षेत्रमा पर्न र मधेशवादीको गढको रुपमा स्थापित महोत्तरीको पिपरा गाउँपालिका जहाँ राजपाले जितेको थियो उपनिर्वाचनमा नेकपाले जित्यौँ भने सिरहाको कल्याणपुर नगरपालिका- १२ मा जहाँ पहिला दुई पार्टीको जोडेर पनि ४६९ मत आएको थियो त्यहाँ ८२५ मत ल्याई वडाध्यक्ष पद पार्टीले जितेको छ ।

निर्वाचन नजिते पनि विगतको तुलनामा सबै ठाउँमा मतमा वृद्धि भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ मा ३८५ मत, महोत्तरीको मटिहानी नगरपालिका-६ मा २२३ मत, बलवा नगरपापिका-२ मा ७० मत, रौतहटको गढीमाई नगरपालिका-२ मा ३४३ मत वृद्धि भयो । उपनिर्वाचन अधिकांश भारतीय सिमाना क्षेत्रमा भएको थियो जहाँ कम्युनिष्ट पार्टी कमजोर थियो त्यहाँ मतमा गुणात्मक छलाङ मार्नु आफैमा ठूलो उपलब्धि हो । प्रदेश अध्यक्ष प्रभु साहको कारण मधेशमा मत बढ्दै गएको छ भन्ने कुरामा कुनै दुई मत छैन् । त्यति मात्र नभइ भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा विभिन्न आशङ्का र अडकलबाजीका बीच नेकपाका उम्मेदवारलाई विजयी गराउनमा पनि अध्यक्ष साहकै सक्रियता थियो ।

हिजो मधेशमा कमजोर रहेको नेकपा बलियो हुँदै गएको छ र पहाडमा बलियो पार्टी कमजोर हुन थालेको छ । उदाहरणको रुपमा पहिला जितेको भक्तपुर-१ (क) प्रदेशसभा, त्यस्तै धरान उपमहानगरपालिका प्रमुख, तथा आधा दर्जनभन्दा बढी वडाध्यक्ष पद पार्टीले गुमाउनुपरेको छ । जितेको स्थानमा पनि पहिलाको तुलनामा मत घटेको छ ।

अर्को महत्वूर्ण पक्ष हो जनपरिचालन । देशको कुनै पनि स्थानमा प्रदेशस्तरको सभा हुन नसकेको स्थितिमा प्रदेश नम्बर २ मा दर्जनभन्दा बढी सभाहरु सम्पन्न भएको छ । अन्य प्रदेश नेतृत्वले गर्नसक्ने हिम्मत नदेखाएको बेला प्रदेश नम्बर २ मा भने निरन्तर हुँदै आएको सभाहरुमध्ये लाखौँको उपस्थितिमा रौतहटको गरुडा र बाराको निजगडमा भएको दुई वटा सभा ऐतिहासिक थियो । यति धेरै जनपरिचालन कतै भएको छैन् जब की प्रदश नम्बर २ मा क्षेत्रीय तथा जिल्ला तहमा दर्जनौ सभाबाट जनपरिचालन बढदो छ ।

काम गर्ने ठाउँमा मात्र विवाद हुन्छ । जहाँ कामै हुँदैन त्यहाँ कहाँबाट विवाद हुन सक्छ? प्रदेश नम्बर २ मा काम भइरहेको छ र त विवाद छ । तर यी विवाद सामान्य खालका हुन् ।

बाहिर सुन्दा प्रदेश नम्बर २ मा पार्टीभित्र द्वन्द्व छ भन्ने सुनिन्छ । यहाँसम्म जारी नेकपा केन्द्रीय कमिटी बैठकमा पनि त्यसप्रति नेताहरुको चिन्ता देखिएको छ । एकछिनको लागि मानौ कि प्रदेश नम्बर २ मा द्वन्द्व छ तर अन्य प्रदेश जहाँ द्वन्द्व छैन भनेर भनिएको छ त्यहाँ किन मत घट्दो छ, किन सभाहरु गर्न सकिएको छैन । यस्तोमा के बुझ्नुपर्छ भने ती प्रदेश नेतृत्वसँग केही गर्न सक्ने ल्याकत नै छैन ।

द्वन्द्व हुँदाहुँदै प्रदेश नम्बर २ को यति धेरै सकरात्मक नतिजा देखिएको छ । र यदि साच्चिकै द्वन्द्व हुँदैन्थ्यो भने कति धेरै काम हुन्थ्यो होला प्रभु साहको नेतृत्वमा ? द्वन्द्व हुँदा त यति काम गर्न सक्ने व्यक्ति द्वन्द्व नहुँदा त प्रदेश पूर्णरुपमा कम्युनिष्टमय बन्थ्यो । प्रदेश नेतृत्व सक्षम नभएको भए त्यो सभाहरु सम्भव थिए त ? पक्कै थिएन । भन्ने वितिकै सभा हुन सक्दैन् नेतृत्वप्रति जनताको आकर्षण छैन भने योजना छैन भने असम्भव छ । मैले स्वयमले देखेको छु हाम्रा पार्टीका नेताहरुको कार्यक्रममा जनताको उपस्थिति थौरै मात्र देख्न पाइन्थ्यो ।

अन्य प्रदेशमा विवाद छैन् भन्छन्, त्यही स्थिति खस्किने र जहाँ विवाद छ त्यहाँ झन बढेको छ । विवाद हुन वा नहुनुको कुनै साइनो छैन् । काम गर्ने ठाउँमा मात्र विवाद हुन्छ । जहाँ कामै हुँदैन त्यहाँ कहाँबाट विवाद हुन सक्छ? प्रदेश नम्बर २ मा काम भइरहेको छ र त विवाद छ । तर यी विवाद सामान्य खालका हुन् । हामी हिँड्छौ अनि मात्र न ठोकिन्छौ, जब हिँड्दै हिँड्दैनौ अनि कसरी हुन्छ केही ? पार्टी गतिशील छ त्यही भएर विवाद छ । केही पनि नगरेको भए विवाद हुदैन्थ्यो । अरु प्रदेशमा विवाद छैन भन्नाले केही काम अगाडि बढेको छैन भन्ने कुरा बुझ्नुपर्ने हो त ?


भर्खर

0