कश्मीरको गोलीबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु | Khabarhub Khabarhub

कश्मीरको गोलीबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत प्रशासित कश्मीरको राजोरी जिल्लाअन्तर्गत पाकिस्तानसँगको सीमा क्षेत्रको नियन्त्रण रेखा (एलओसी)मा भएको भिडन्तमा परी भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

केही संदिग्ध व्यक्तिको खोजीका क्रममा चलाइएको सर्च अपरेशनका क्रममा भिडन्त हुँदा भारतीय सेनातर्फ २ जनाको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमध्ये १ जना नेपाली छन् भने अर्का भारतीय छन् ।

भारतीय सेनातर्फ ज्यान गुमाउने नेपालीमा गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर छन् । उनी भारतीय गोर्खा सैनिकको जवान (राइफल म्यान) हुन् ।

उक्त भिडन्तमा ज्यान गुमाउने अर्का सैनिक भारतको महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथ छन् ।

भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार नियन्त्रण रेखा क्षेत्रमा केही संदिग्ध घुसेको आशंकामा गएको मंगलबारदेखि सर्च अपरेशन चलाइएको थियो ।

उक्त अपरेशनका क्रममा बुधबार पाकिस्तानी क्षेत्रबाट गोली चलेपछि दोहोरो भिडन्त भएको थियो । दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएका मगरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : २१ बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।