आजको मौसम : देशभर बदली, वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : देशभर बदली, वर्षा र हिमपातको सम्भावना


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसमविदले बताएका छन् ।

राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

मौसम बदली भएकाले न्यूनतम तापक्रम केही बढेको छ । बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको छ ।

तीन दिनको मौसम पूर्वानुमान

पुस १७ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पुस १८ गते (शुक्रबार)
दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पुस १९ गते (शुनिबार)
दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ४९ बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते