'बाल यौनदुराचार'को आरोपमा फ्रेन्च नागरिक पक्राउ  | Khabarhub Khabarhub

‘बाल यौनदुराचार’को आरोपमा फ्रेन्च नागरिक पक्राउ 


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको हो ।

उनी पेशाले कम्प्युटर इन्जिनियर हुन् । ब्यूरोका अनुसार उनी पोखरा महानगरपालिका–१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग र शोषण गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

नेपाली महिलालाई विवाह गरेका उनी नेपालमा गैर पर्यटक भिसामा बस्दै आएका थिए । उनी पहिलो पटक नेपालमा सन् २००५ मा प्रवेश गरेयता आउजाउ गरिरहे पनि धेरै समय नेपालमा बस्दै आएका थिए ।

कास्की प्रहरीले उनीविरुद्ध बाल यौन दुराचार मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीबाट अनुसन्धान म्याद लिएको छ ।

उनका साथमा रहेका बालकहरुलाई परिवारको जिम्मा लगाउनुका साथै उनीहरुबाट जाहेरी लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ३५ बजे

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ