आज नेप्से २ हजार अंकमा रोकियो, कतिको भयो कारोबार ? | Khabarhub Khabarhub

आज नेप्से २ हजार अंकमा रोकियो, कतिको भयो कारोबार ?


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलवार शेयर बजारमा धेरै उतारचढाव देखिएको छ ।

नेप्से परिसूचक अधिकतम २०२२ अंक सम्म पुगेको थियो भने न्युनतम १९६५ अंकको विन्दुसम्म कारोबार भएको थियो । अन्तमा शेयर बजार परिसूचक नेप्से ३.३५ अंकले बढेर २०००.४० अंकको विन्दुमा मंगलवारका लागि बजार बन्द भएको छ ।

अन्य दिनको तुलनामा सामान्य ३.३५ अंकले बढेको बजारमा सेन्सिटिभ परिसूचक भने १.७७ अंकले घटेको छ । समूहगत परिसूचक पनि मिश्रित देखिएको छ । समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकि ७ समूहको परिसूचक घटेको छ ।

मंगलवारको बजारमा अन्य समूहको परिसूचक ६.८७ प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ । जिवन बीमा समूहको परिसूचक १.८० प्रतिशतले बढेको छ भने लघुवीत्त समूहको परिसूचक ०.०५ प्रतिशतले वृद्धि भएको छ ।

घटेर बन्दहुने समूहगत परिसूचक मध्ये व्यापार समूहको परिसूचक ४.४२ प्रतिशतले घटेको छ भने बैंकिङ्ग र विकास बैंक समूहको परिसूचक २.३३ प्रतिशतले घटेको छ । होटल्स र म्यूचल फन्ड समूहको परिसूचक क्रमश १.०३ प्रतिशत र १.५५ प्रतिशतले घटेको छ । बाँकि वीत्त र निर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेको छ ।

मंगलवार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३ हजार ९ सय २७ पटकको कारोबारमा ६५ करोड ७९ लाख ८८ हजार १ सय २ रुपैयाँ बराबरको कारोबार हुँदा उक्त कम्पनीको शेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ४४ करोड ३६ लाख ५० हजार ३ सय ९९ रुपैयाँको कारोबार हुँदा उक्त कम्पनीको शेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेको छ ।

मंगलवार एनएमबी ५० को सर्वाधिक शेयर कित्ताको कारोबार भएको छ । उक्त कम्पनीको २४ लाख ७५ हजार ७ सय १६ कित्ता शेयर खरिदबिक्री भएको हो । दोस्रोमा नेपाल बंगलादेश बैंकको ८ लाख ३० हजार ४ सय ३३ कित्ता शेयरको खरिदबिक्री भएको छ ।

मंगलवार ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ जसमा नेपाल पूनर्बीमा कम्पनी अग्र स्थानमा रहेको छ भने दोस्रोमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, तोस्रोमा अपर तामाकोशी, चौथोमा नेपाल दुरसञ्चार कम्पनी र पाँचौ स्थानमा सञ्जेन जलविद्युत कम्पनी लिमिटेड रहेका छन ।

मंगलवार शेयरमूल्य घटेर बन्दहुनेमा ग्रिन डेभलभ्मेन्ट बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ । दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेको ५.६८ प्रतिशतले घटेको छ । रकमका आधारमा भने बोटल्स् नेपाल तराईको शेयर ४ सय ९६ रुपैयाँले घटेको छ ।

मंगलवार १ सय ९७ कम्पनीको ६७ हजार ३ सय ५५ पटकको कारोबारमा १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ताको खरिदबिक्रीहुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ६ रुपैयाँ ५४ पैसा बराबरको करोबार भएको छ ।

मंगलवारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण २६ खर्ब ८१ अर्ब ९९ लाख ७३ हजार ७ सय १० रुपैयाँ ५ पैसा कायम भएको छ ।

मंगलवार कारोबारमा आएका कम्पनी मध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकि ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ०६ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै