फेसबुक ह्याक गरी 'ब्ल्याकमेल' गर्ने दुई पक्राउ | Khabarhub Khabarhub

फेसबुक ह्याक गरी ‘ब्ल्याकमेल’ गर्ने दुई पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले फेसबुक ह्याक गरी विभिन्न व्यक्तिलाई ब्ल्याकमेल गरेर रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया मनिषा गिरी छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ की एक जना महिलाको फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ नदिए तिम्रा अश्लिल तस्बिरहरू नेटमार्फत् सामाजिक सञ्जालमा राखी दिने भन्दै उनीहरूले रकम ठगी गरेका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ इटहरी बजारमा रहेको आइएमइबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकालाई आपराधिक लाभ मुद्दा शीर्षकमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : १५ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण