देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा | Khabarhub Khabarhub

देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दू राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्।

उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। ‘कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको छ’, उनले भने, ‘वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक छ।’

मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको उनले बताए। ‘अब हामीले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिनुपर्छ’, उनले थपे।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको उनले बताए।

‘जनताले परिवर्तनको चाहना गरेकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई सफलतापूर्वक सम्पन्‍न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्नुस्।’

कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर रायमाझी र भाष्कर भद्रा लगायतले पनि आफ्ना भनाइ राखेका राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ५ : ५३ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले