नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी | Khabarhub Khabarhub

नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यसूची राखिएको थियो ।

यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । महासचिव विष्णु पौडेलले ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै बैठकस्थल सारिएको सूचना सदस्यहरूलाई पठाएका थिए ।

नेकपाका दुई अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने गरी राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा राखेका छन् ।

प्रचण्डले गत २८ कात्तिकमा अध्यक्ष ओलीमाथि विभिन्नखाले गम्भीर आरोपसहित आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले यही १३ मंसिर शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन राखेका थिए ।

त्यसपछि आजको बैठकमा सचिवालय सदस्यहरूले दुवै अध्यक्षहरूका प्रतिवेदनबारे आ–आफ्नो धारणा राखिरहेका छन् ।

दुई अध्यक्षको एक–अर्कामा आरोपले भरिएको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि नेकपामा विवाद तथा आरोप–प्रत्यारोपको क्रम नेतृत्व तहमा देखिन पुगेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकले १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : ३४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन