छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुर, झापा, महोत्तरी, मोरङ, रोल्पा, ईलाम, नवलपरासी(पश्चिम), रुपन्देही, सिरहा र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.७३ प ३८२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-९ राधे-राधे बस्ने २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका-४ ताराबारीस्थित सडकमा मे.१ त ६१९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने तुलसी प्रसाद धिमालको छोरा ८ वर्षीय जेनिस धिमालको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको अरनीको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-९ गोठ-बनौली भित्री सडकमा गोरू गाडाले किच्दा सोही ठाउँ माईती घर बस्ने अमृता देवी यादवको छोरा अन्दाजी ३ वर्षीय आयुष यादवको सोमबार दिउँसो मृत्यु भएको छ ।

बाटोमा खेलिरहेको अवस्थामा गोरू गाडाले किच्दा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गोरु गाडा र गाडा चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका-९ बुद्धचोकस्थित सडकमा को.१२ प ३५६ नम्बरको मोटरसाइकलबाट लडेर सोही महानगरपालिका-१५ रामजानकी चोक बस्ने ६० वर्षीया मनकामना झाको सोमबार दिउँसो मृत्यु भएको छ ।

बिरामी भएकी झालाई उनकै छोराले मोटरसाइकलमा राखी अस्पतालतर्फ लैजाने क्रममा मोटरसाइकलबाट लड्दा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको सुनछहारी गाउँपालिका-५ पोवाङस्थित सडकमा रा.१ त ३०८२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक त्रिबेणी गाउँपालिका-७ बस्ने २४ वर्षीय टेक बहादुर बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरस्थित सडकमा को.२ च १५ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार माई नगरपालिका-९ बस्ने ४० वर्षीय दिनेश लिम्बु लगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका १ जनालाई जिल्ला अस्पताल ईलाम हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । पिकअप गाडीका चालकलाई सामान्य उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम)को  रामग्राम नगरपालिका-१० नदुवास्थित सडकमा लु.४३ प २८८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय सिताराम गुप्ताको सोमबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको देवदह नगरपालिका-९ भलुहीस्थित सडकमा लु.१ च ६७५९ नम्बरको पिकअप गाडीले लु.५७ प ९९१४ नन्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिंदा मोटरसाइकल चालक देवदह नगरपालिका-७ बस्ने २८ वर्षीय निरज ढकालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार पिकअप गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-९ मुसरहर्नियास्थित सडकमा लु.६२ प ७६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा नगरपालिका-१९ बस्ने २७ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित आरकेमेडिसिटि हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आरकेमेडिसिटिमा उपचार भइरहेको छ ।

यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको स.१० प ४६५९ नम्बरको मोटरसाइकलमा स.४ प ७१९७ नम्बरको मोटरसाइकल आइतबार ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका स.४ प ७१९७ नम्बरको मोटरसाइकलका चालक औरही गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय देव कुमार ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

धनुषाको मिथिला नगरपालिका-८ बडहरीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.७ प ५९८६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ लक्ष्मीनिवास बस्ने अन्दाजी २५ वर्षीय पंचदेव साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  २ : १३ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका