ब्राजिलको अमेजन वन क्षेत्र १२ वर्ष यताकै धेरै विनाश | Khabarhub Khabarhub

ब्राजिलको अमेजन वन क्षेत्र १२ वर्ष यताकै धेरै विनाश


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्र १२ वर्ष यताकै धेरै विनाश भएको छ ।

विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने अमेजन वन क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।

३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइने अमेजन क्षेत्रमा दश लाख जनजाती समुदायको बसोबास छ ।

पछिल्ला तथ्यांकअनुसार अघिल्लो १२ महिनाको तुलनामा त्यहाँ साढे नौ प्रतिशतले वन विनाश भइरहेको बीबीसीले उल्लेख गरेको छ । यो सन् २००८ यताकै उच्च विन्दुको विनाश हो ।

आइएनपीइले सङ्कलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर जङ्गल सखाप भएको पाइएको छ ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ । यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्दै आएको वैज्ञानिकहरूको दाबी छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : २० बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,