आज ४ अंकले घट्यो नेप्से, करीब ३ अर्बको कारोबार | Khabarhub Khabarhub

आज ४ अंकले घट्यो नेप्से, करीब ३ अर्बको कारोबार


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर बजारको परिसूचक नेप्से ४. ७२ अंकले घटेको छ। आइतबारको कारोबारपछि नेप्से १ हजार ६४० अंकमा कायम भएको छ।

आज २ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ १४, होटल १५, विकास बैंक ६, फाइनान्स २, उत्पादन १५ र जीवन बीमा समूह ७ अंकले घटेका छन्।

ब्यापार २४, जलविद्युत १९, निर्जीवन बीमा १०, अन्य ५ र माइक्रोफाइनान्स २९ अंकले बढेका छन्।

यस दिन नेपाल फाइनान्स, हिमालय उर्जा विकास, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।शिवश्री हाइड्रो, एचआइडिसिएल कम्पनीका लगानीकर्ताले पनि करिब १० प्रतिशत मूल्य कमाए।

यस दिन कारोबारका आधारमा शिवश्री हाइड्रो कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोडको कारोबार भयो।

अपि पावरको १६ करोडको कारोबार भयो। सानिमा इक्वीटी फण्डको मूल्य ५ प्रतिशत घटेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ४ : १२ बजे

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा