शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितलाई पहिला धरौटी अनि उपचार ! | Khabarhub Khabarhub

शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितलाई पहिला धरौटी अनि उपचार !

सरकारले नहेर्दिएपछि शुल्क लिनु हाम्रो बाध्यता हो : अस्पतालका निर्देशक


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितले धरौटी रकम बुझाएपछि मात्र कोरोना संक्रमितलाई उपचारका लागि भर्ना गर्ने भएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै कोरोना संक्रमितले लक्षण र अवस्थाको प्रकृति अनुसार २० हजारदेखि ५० हजारसम्म धरौटी रकम बुझाएपछि मात्र भर्ना गर्ने जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अप्रेसन सेन्टरले कात्तिक ३ गते पत्राचार गरी कात्तिक १४ गतेदेखि नै लागु हुनेगरी अस्पतालमा भर्ना हुने कोरोना संक्रमतिसँग शुल्क लिन भनेपछि अस्पतालले शुल्क लिने निर्णय गरेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले खबरहबलाई बताए ।

डा राजभण्डारीका अनुसार स्वास्थ्य मन्त्रालयलले नै बिरामीको अवस्था अनुसार शुल्क निर्धारण गरेर पठाएको छ । जसमा भेन्टिलेटरमा राख्नुपर्ने जटिल बिरामीका लागि दैनिक १५ हजार, आइसीयुमा राख्नुपर्ने जटिल बिरामीका लागि दैनिक ७ हजार ५ सय, क्याविन आइसोलेसनमा राख्नुपर्ने मध्यम जटिल बिरामीका लागि दैनिक ७ हजार ५ सय र ग्यास्ट्रो आइसोलेसनमा राख्नुपर्ने बिरामीका लागि दैनिक ३ हजार ५ सय रुपैया तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक तोकेको रकम तिरेर मात्र कोरोना संक्रमितले भर्ना भने पाउने छैनन् । कोरोना संक्रमितले भर्ना पाउन भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितले पहिला नै ५० हजार धरौटी रकम बुझाउनु पर्नेछ ।

यस्तै आइसीयु वा क्याविन आइसोलेसनमा भर्ना हुनुपर्ने बिरामीले ३० हजार धरौटी रकम बुझाएपछि मात्र अस्पतालमा भर्ना पाउने छन् ।

यस्तै ग्यास्ट्रो आइसोलेसनमा भर्ना हुनुपर्ने कोरोना संक्रमितले २० हजार धरौटी बुझाएपछि मात्र अस्पतालमा भर्ना पाउने छन् ।

सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले तिर्नुपर्ने निर्णय गरेसँगै यसको व्यापक आलोचना भएको थियो । कतिपय जनस्वास्थ्य विज्ञहरुले समेत महामारीको समयमा कोरोना संक्रमितलाई आफैले उपचार खर्च तिर्नु भनेर सरकारले जनताको स्वास्थ्य अधिकार र संविधानले दिएको मौलिक हकविरुद्ध निर्णय गरेको समेत बताएका थिए ।

सरकारले संक्रमित आफैले शुल्क तिर्नुपर्ने भनेपछि निजी अस्पताल तथा मेडिक कलेजहरुले ५० हजारदेखि २ लाखसम्म धरौटी बुझाएपछि मात्र कोरोना संक्रमितले भर्ना पाउने भनेर यसअघि नै सूचना प्रकाशित गरिसकेका थिए ।

धरौटी रकम बुझाएपछि मात्र उपचार पाउने व्यवस्थाविरुद्ध जनस्वास्थ्य विज्ञ तथा सर्वसाधरणहरु आक्रोशित भइरहेका बेला स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुलाई समेत धरौटी रकम लिएर मात्र कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।

सरकारले नहेर्दिएपछि शुल्क लिनु हाम्रो बाध्यता होः अस्पतालका निर्देशक

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशनक डाक्टर राजभण्डारीले सरकारले नै संक्रमितको उपचारमा लागेको खर्च पठाउन छाडेपछि आफूहरुले बाध्य भएर सरकारको निर्देशन पालना गर्नुपरेको बताए ।

‘कोरोना संक्रमितसँग शुल्क लिनुपर्ने बाध्यता नै आयो, सरकारले पैसा नदिएपछि संस्था चलाउनुपर्‍यो । कर्मचारीलाई तलब खुवाउनु पर्‍यो, त्यतिमात्र नभएर अक्सिजन पनि किन्नै पर्‍यो सरकारले दिदैन,’ डा राजभण्डारीले भने, ‘असोज महिनादेखि स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचार खर्च बापतको रकम नदिने भनेको छ, संक्रमितसँग शुल्क लिने हाम्रो रहर होइन, हाम्रो पनि चाहान त हो सरकारी अस्पतालमा उपचार निशुल्क होस्, तर सरकारले नै नहेर्दिएपछि हाम्रो बाध्यता हो, बिरामीलाई त जसरी पनि बचाउनु पर्छ नि ।’

उनले अघिल्ला वर्षहरुमा वर्षको ८ लाख अक्सिजनले पुग्ने गरेकोमा उक्त रकम बराबरको अक्सिजन आजभोलि एक महिनामै सकिने गरेको बताए ।

डा राजभण्डारीले बिरामीले एकपटक तोकिएको धरौटी रकम बुझाएपछि अस्पतालमा अन्य शूल्क नलाग्ने जानकारी दिए ।
अस्पतालले गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस पत्र भएका विपन्न नागरिक ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गताको प्रमाणपत्र भएका अति अपाङ्गता भएका व्यक्ति, अशक्तताको प्रमाणपत्र भएका अशक्त र एकल महिलाको प्रमाणपत्र भएका एकल महिला, असहाय, सम्बन्धित कार्यालयको परिचयपत्र भएका अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई भने निशूल्क उपचार गर्ने जनाएको छ ।

No description available.

No description available.

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : २५ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार