तनहुँबाट १६ जुवाडे पक्राउ | Khabarhub Khabarhub

तनहुँबाट १६ जुवाडे पक्राउ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले जुवा खालबाट रु ४८ हजार २७० बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषालको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : १५ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको