गोविन्द केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह | Khabarhub Khabarhub

गोविन्द केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा डा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको र सातै प्रदेशमा सरकारी तबरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गरे ।

सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै उनले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने धारणा व्यक्त गरे । मन्त्री ज्ञवालीले प्रा डा केसी र उनका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोनाविरुद्धको लडाइँमा होमिन आग्रहसमेत गरे ।

मुख्यसचिवमा वैरागी

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले आजैका मितिदेखि लागु हुने गरी पदबाट दिएको राजीनामा स्वीकृत गरी सो पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा र नियुक्त गर्ने निर्णय गरेको छ

बैठकले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि, पूर्वमुख्य सचिव रेग्मीलाई संयुक्त अधिराज्यका लागि र डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्र र खानी विभागअन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना तथा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिमा चालु आर्थिक वर्षका लागि राजपत्राङ्कितस्तरका २८ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

उद्योग मन्त्रालयको प्रस्तावमा भर्चअल रुपमा यही असोज २० र २१ ग्ते हुने नेपाल–बङ्गलादेश व्यापार वार्ताका लागि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मदन भण्डारी प्रौओद्योगिक विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रस्तावमा रिक्त दरबन्दी पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापनानुसार परिक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापनको पदपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढाउन आयोगलाई आग्रह गरेको छ ।

मन्त्री ज्ञवालीले कोरोनाको जोखिम बढेकाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र कार्यथलोमा पनि स्वास्थ्य सुरक्षाका सबै प्रबन्धको कडाइका साथ पालनाका लागि सबैसँग आग्रह गरे ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ९ : ३८ बजे

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको