बैठकका लागि कांग्रेसका केन्द्रीय सदस्यहरुले गराए कोरोना परीक्षण | Khabarhub Khabarhub

बैठकका लागि कांग्रेसका केन्द्रीय सदस्यहरुले गराए कोरोना परीक्षण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेताहरुको कोरोना परीक्षण गरेका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि उनीहरूले परीक्षणका लागि स्वाब दिएका हुन् ।

यसअघि कांग्रेसले असोज १९ मा बस्ने केन्द्रीय समितिको बैठकमा सहभागिता जनाउन सबै सदस्यहरूले कोरोना परीक्षण गराउनुपर्ने बताएको थियो ।

उक्त निर्णयअनुसार आज (बिहीवार) पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरिएको हो ।

कांग्रेस नेता कृष्ण सिटौलाले सबै नेताहरूको कोरोना परीक्षण गराइएको जानकारी दिए । उनले केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने बताए ।

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी गरेको छ ।

यस्तै नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले हालै दर्ता गराएको विरोध पत्रका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : १४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको