यसरी राखियो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गजुर | Khabarhub Khabarhub

यसरी राखियो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गजुर



काठमाडौँ– २०७२ सालको विनासकारी भूकम्पबाट क्षति पुगेपछि पूर्ननिर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ ।

विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा बिहीबार गजुर हालिएको हो । १२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाईएको छ ।

रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर भूकम्पबाट पूणरुपमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

गजुर राखिएसँगै रानीपोखरी पुनर्निमाणको काम करिब करिब सकिएको र रंगरोगन र साजसज्जाको केही काम बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं रानीपोखरी पूर्ननिर्माण आयोजनाका प्रमुख भरत अर्यालले जानकारी दिए ।

मल्लकालमा बनेको मन्दिर भने ग्रन्थकुट शैलीमा निर्माण भएको थियो । पछि राणाकालमा रानीपोखरीको मध्य भागमा रहेको मन्दिरको स्वरुप परिवर्तन गरी गुम्बज शैलीको बनाइएको थियो।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।

 

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  २ : १७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही