कतारमा अब कम्पनी परिवर्तन गर्दा 'एनओसी' नचाहिने, यस्तो छ नयाँ व्यवस्था | Khabarhub Khabarhub

कतारमा अब कम्पनी परिवर्तन गर्दा ‘एनओसी’ नचाहिने, यस्तो छ नयाँ व्यवस्था



दोहा – कतार सरकारले श्रम कानूनमा संशोधन गरी रोजगारदाता कम्पनी परिवर्तन गर्दा कामदारले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार कम्पनी परिवर्तन गर्दा त्यसको जानकारी त्यहाँको सरकारलाई भने दिनुपर्नेछ । दुई वर्षभन्दा बढी अवधि कम्पनीमा काम गरिरहेको भए दुई महिनाको अग्रीम सूचना दिनुपर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई वर्षभन्दा कम अवधि काम गरिरहेको भए एक महिनाको सूचना दिनुपर्ने र रोजगारदातासँग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिनअघि सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

यसैगरि करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा पाँच वर्षपछि मात्र सूचना दिन सकिने र पाँच वर्षपछि सूचना दिँदा ६० दिनको सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सूचना सँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागीर दिन्छु भन्ने पत्र(जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नुपर्ने दूतावासले जनाएको छ ।

रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली लिंकमा गएर दिनुपर्ने व्यवस्था छ ।

कतारको नयाँ आइ डी बनाउन कतारको आन्तरिक मन्त्रालय वाट प्रमाणीकरण हुनु पर्ने जनाएको छ । त्यसपछि नयाँ रोजगारदाता कम्पनीले कतारी आइ डी र हेल्थ कार्ड बनाइदिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : १२ बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ