कतारमा हवाई भाडा समेत जुटाउन नसकेका ९ नेपालीको उद्धार | Khabarhub Khabarhub

कतारमा हवाई भाडा समेत जुटाउन नसकेका ९ नेपालीको उद्धार



दोहा- कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका ९ नेपालीको उद्धार भएको छ ।

नेपाल फर्किने प्राथमिकतामा परे पनि हवाईभाडा समेत जुटाउन नसकेका उनीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले उद्धार गरेको हो ।

उनीहरुलाई निशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काइएको एनआरएन राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार तेस्रो चरणमा थप ९ जनालाई हवाई टिकट प्रदान गरिएको हो ।

तेस्रो चरणमा अगष्ट ३१ तारिखमा स्वदेश फर्किनेहरुमा खोटाङका दिल बहादुर बुढाथोकी तथा राजेश साहिनी, सोलखुम्बुकी पेमा शेर्पा, नुवाकोटकी मुना लामा, सोलखुम्बुकी रन्जिता भुजेल रहेका छन् ।

यसैगरी, इलामकी दानमाया राई, बाँकेका इमानसिंह ठकुरी, सल्यानका लोकेन्द्र शाही तथा नवलपरासीका प्रवेश गिरीलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको अध्यक्ष मुसलमानले बताए ।

स्वदेश फिर्तीका लागि सहजीकरणको भूमिका निभाउने नेपाली दूतावास र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्धार समितिका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मुसलमानले धन्यवाद ज्ञापन गरेका छन् ।

यसघि पहिलो तथा दोस्रो चरणमा समस्यामा परेका १४ नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन