यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री ओली


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गरेका छन् ।

मंगलबार भएको कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा युरिया मलको आपूर्ति सहज गरिदिन अनुरोध गरेका छन् ।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो’, प्रधानमन्त्री ओलीले भने, ‘यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ ।’

संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गरेका हुन् ।

वार्तापछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ ।

ओलीले पनि सामाजिक संजाल ट्वीटरमार्फत संवादका दौरान यो सिजनमा छिटै आवश्यक परेको रासायनिक मलको निर्यातको सम्बन्धमा आफूले गरेको आग्रहलाई हसिना सकारात्मक देखिएको उल्लेख गरेका छन् ।

खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैँचो (सापटी) लिन लागेको हो । त्यसको लागि कृषि मन्त्रालयले केहि समय अघिदेखि नै गृहकार्य गर्दै आइरहेको थियो ।

त्यस्तै प्रधानमन्त्री ओली र हसिनाबीच दुई पक्षीय व्यापार, उर्जा र ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भएको थियो ।

नेपालमा यसपालि धानमा हाल्ने रासायनिक मलको हाहाकार छ। नेपालमा कृषकहरुले धानमा हाल्ने युरिया मल महागो मूल्यमा किनिरहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई ठेकेदारलाई मल ल्याउन ठेक्का दिए पनि समयमा मल नल्याउँदा किसानहरु मारमा परेका थिए । कम्पनीले ती ठेकेदारलाई ५० हजार मेट्रिक टन युरिया मल ल्याउन सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन