महिला तथा वृद्ध-वृद्धामा कोरोना संक्रमणको दर बढ्दो : जनस्वास्थ्य विज्ञ डा तिवारी | Khabarhub Khabarhub

महिला तथा वृद्ध-वृद्धामा कोरोना संक्रमणको दर बढ्दो : जनस्वास्थ्य विज्ञ डा तिवारी


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीले महिला र वृद्धवृद्धाहरुमा कोरोना संक्रमण हुने दर बढ्दै गएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा डा तिवारीले एक महिना अघि र अहिल महिला र वृद्धवृद्धाहरुमा कोरोनाको संक्रमण दर तुलना गर्दा बढ्दै गएको बताएका हुन् ।

डा तिवारीका अनुसार एक महिना अघि महिलाहरुमा संक्रमणको दर ८ प्रतिशत मात्रै रहेको थियो । तर हाल महिलाहरु संक्रमित हुने क्रम बढ्दै गएर २२ प्रतिशतसम्म पुगिसकेको डा तिवारीले बताए ।

उनले वृद्धवृद्धाहरुमा पनि एक महिना अघि संक्रमण दर एक प्रतिशत मात्रै रहेकोमा हाल ४ प्रतिशतमा पुगेको बताए । डा तिवारीले महिला र वृद्धवृद्धाहरुमा संक्रमण दर अझै बढ्दै जानसक्ने पनि बताए ।

‘हामीले समुदायमा संक्रमणको दर विश्लेषण गर्नुपर्दा एक महिला अघि भन्दा अहिले संक्रमण दर महिला र वृद्धाहरुमा बढ्दै गइरहेको छ,’ डा तिवारीले भने, ‘एक महिना अघि महिलाहरुमा संक्रमण दर ८ प्रतिशत थियो अहिले बढेर २२ प्रतिशत पुगिसकेको छ, वृद्धवृद्धामा पनि एक प्रतिशत बाट बढेर ४ प्रतिशतमा पुगेको छ ।’

डा तिवारीले नेपालमा शुरुवाती चरणमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको भएपछि हाल स्थानीयमा संक्रमण देखिएको बताए ।

उनले काठमाडौं उपत्यका सहित ५ सय भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा ९६ प्रतिशत संक्रमति स्थानीय संक्रमण भएको बताए ।

डा तिवारीले नेपालमा मृत्यु हुने कोरोना संक्रमतिको दर समेत बढ्दै गएको बताए । उनले मृत्यु हुने कोरोना संक्रमित वृद्धवृद्धाहरु बढी रहेको बताए ।

‘नेपालमा मृत्यु हुने संख्या पनि विस्तारै वृद्धवृद्धाहरु बढी भइरहको देखिन्छ,’ डा गौतमले भने, ‘पछिल्लो समय तथ्यांकको विश्लेषण गर्दा परीक्षण गरेका केसहरुमा हिजोको भन्दा बढ्दै गएको छ ।’

डा तिवारीले नेपालमा समुदाय संक्रमणको चरणमा गएको बताए । उनले ५ सय भन्दा बढी संक्रमित भएका १२ जिल्लामध्ये ४ जिल्लामा एक हजार भन्दा बढी संक्रमित हुनु समुदायमा संक्रमण फैलिएको बताए ।

उनले ती १२ जिल्लामा समुदायमा संक्रमण भएकाले उक्त जिल्लाहरुमा कोरोना परीक्षणको दायरा अझै पढाउनु पर्ने पनि बताए ।

‘ती १२ जिल्लाहरुमा समुदायमा संक्रमण फैलिएको छ, त्यसैले अब हामीले परीक्षणको दायरालाई बढाएर, अलिकति बैज्ञानिक रुपमा सोचेर परीक्षण गर्नुपर्छ,’ डा तिवारीले भने, ‘परीक्षण गर्नुपर्ने व्यक्तिहरुलाई परीक्षण गरेर संक्रमण फैलिने जालोलाई तोड्न सकिन्छ । तर परीक्षण जथाभावी गरियो भने, विज्ञानले सही ठाउँमा पुर्‍याउदैन ।’

उनले स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग गम्भिर रुपमा छलफल गरी कोरोना परीक्षण गर्नुपर्ने क्षेत्र, व्यक्ति र समुहको निर्क्यौल गरी अगाडि बढ्नुपर्ने पनि बताए ।

कोरोना नियन्त्रणका लागि सरकारसँगै समुदायको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए ।

पछिल्लो समय बजारमा कोरोनाको औषधि भनेर प्रयोग भएका औषधि कोरोनाविरुद्ध नभएर कोरोनाको लक्षण विरुद्धको मात्र औषधि भएको पनि उनले बताए ।

कोरोना संक्रमण रोक्ने र सर्न नदिन कुनै औषधि तथा खोप संसारमा विकासकै क्रममा रहेकाले कोरोना नियन्त्रणको लागि समुदायले पनि सरकारलाई साथ दिनुपर्ने बताए ।

डा तिवारीले नेपालीहरुको चाडवाड आउन लागेको हुँदा अनावश्यक भिडभाड गर्दा जोखिम बढ्नेतर्फ सचेत हुनुपर्ने पनि उनले बताए ।

डा तिवारीले २०० भन्दा बढी संक्रमित देखिएका जिल्लाहरुमा लकडाउन गर्नुपर्ने, ५०० भन्दा बढी केस भएका जिल्लाहरुमा निषेधाज्ञा गर्नुपर्ने र कम संक्रमति भएका र संक्रमण नै नभएका जिल्लाहरुमा जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्दै आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि शुरु गनुपर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ५ : ४६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन