रौतहटका युवकको भारतमा हत्या | Khabarhub Khabarhub

रौतहटका युवकको भारतमा हत्या


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटका एक युवकको सीमावर्ती भारतीय क्षेत्रमा हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रौतहटको इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार, सीमावर्ती भारत बिहार घोडाशहन क्षेत्रमा साहको कन्चटमा गोली हानी हत्या भएको हो ।

मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको छ ।

प्रहरीका अनुसार, हत्याको कारण भन्ने खुल्न सकेको छैन ।

भारतीय क्षेत्रमा नेपाली नागरिकको हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबहाी गर्न पीडित परिवारले माग गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ११ : ४४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन