'होम डेलिभरी' सेवा पुनः सुरु | Khabarhub Khabarhub

‘होम डेलिभरी’ सेवा पुनः सुरु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीको धरपकडले बन्द भएको अनलाईन डेलिभरी सेवा फेरि सुरु भएको छ ।

पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनःसुरु भएको हो ।

ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध तथा दूग्ध जन्य पदार्थ र प्याकेजिङका सामग्रीहरुको व्यवसाय सञ्चालन गर्न रोक नरहेकाले मंगलबारदेखि अनलाईन डेलिभरी सेवा पुन: सुरु गर्ने जनाएको छ।

‘त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दुरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि अत्यावश्यक बस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई निरन्तरता दिइने फोरमले जनाएको छ।

फोरमले होम डेलिभरी गर्ने प्रकृयामा अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको विक्रि वितरण गर्ने कार्य नगर्न इकमर्श व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : ४५ बजे

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम